पहिरो अपडेट : हेलिकोप्टर पुग्यो बझाङ, ल्याण्ड हुन नसक्दा सेनाको ब्यारेकमै थन्कियो राहत

Bajhang pahiro 20

बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा शनिबार राति गएको पहिरोमा पुरिएका ७ जना मध्ये ६ जनाको शव भेटिएको छ । १ जना भने अझै बेपत्ता रहेका छन् ।

एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ बालिका अष्मिता जेठाराको शव भेटिएको छ । त्यस्तै, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको हो । २० वर्षीय गिरि जेठारा भने अझै बेपत्ता भएको वडा अध्यक्ष गणेशबहादुर बोहोराले जानकारी दिए ।

गएराति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको उनले बताए । राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाए पनि ७ जना भने पहिरोमा पुरिएका थिए ।

पहिरोमा परि स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु पनि पहिरोले बगाएको छ । ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ । स्थानीयले भोगचलन र अन्न उब्जाउ गर्दै आएको करिब आधा जमिन पहिरोले बगाएको स्थानीयले बताएका छन् ।

प्रतिनिधिसभामा बझाङकी सांसद आशाकुमारी विकका अनुसार पहिरोले घर बगाएपछि उनीहरु विद्यालयमा बसेका छन् । गृह मन्त्रालयसँगको समन्वयमा पहिराे पीडितका लागि खाद्यान्न तथा लत्ताकपडासहित हेलिकाेप्टर अहिले बझाङ पुगेकाे छ ।

तर घटनास्थलमै ल्याण्ड गर्न नसक्ने भएकाले जिल्लास्थित सेनाको ब्यारेकमा सामान झारेर गाडीबाट लैजाने तयारी भएको उनले बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...