बझाङ पहिरो अपडेट : उद्धार गर्न गएको नेपाली सेनाको गाडी दुर्घटनामा, ३ जना घाइते

Bajhang pahiro 20

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ को मललेसिमा शनिबार बिहान गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ ।

घटनास्थल नजिकै पुगेको सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले जानकारी दिए । दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

शुक्रबार अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ । बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका ४ जनाको शव निकालेका हुन् ।

४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको शव फेला परेको हो ।

पहिरोमा पुरिएका मृतक राममती जेठाराकै १६ वर्षीया छोरी अस्मिता जेठारा, १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठाराको शव अझै भेटिएको छैन । वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १८ घर बगाएको हो ।

अहिले प्रहरी टोली त्यहाँ पुग्न नसकेपछि हेलिकप्टर पठाउने तयारी भए पनि मौसममा अराबी आएका कारण ततकाल जान सक्ने अवस्था नआएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपाकी) सांसद आशा विकले बताइन् ।

प्रतिकृया दिनुहोस