लागू औषधसहित दुई पक्राउ

789798

काठमाडौँ ।  लागुऔषध ओसारपसार गरिरहेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका २१ वर्षीय कृष्ण यादब र बोदे बर्साइन नगरपालिका–३ का २२ वर्षीय सुनिलकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट नेपालतर्फ आएको प्रदेश २–००१–००१ प ५३९४ नम्बरको मोटरसाइकल जाँच गर्दा अवैध लागुऔषधसहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

सशस्त्र प्रहरी बेस क्याम्प बनैनियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले मोटरसाइकल र लागुऔषध नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्रहरी चौकी झुटकीको जिम्मा लगाएको छ । उनीहरुको साथबाट २२५ ट्याब्लेट नाइट्रजेपाम र एक सय मिलीलिटरको २० बोतल डाइलेक्स डीसी बरामद गरिएको छ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...