गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

Corona 6

काठमाडौँ । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका ७ जना, म्याग्दीका ३ जना, कास्की र बाग्लुङका २-२ जना, तनहुँ र स्याङ्जाका १-१ जना छन् । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १०७९ पुगेको छ ।


प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा म्याग्दीको रघुगंगाका २ पुरुष र मंगलाका १ पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यसैगरी बाग्लुङको बरेङ र ढोरपाटनका १–१ जना पुरुषमा पनि संक्रमण भेटिएको छ । स्याङ्जाको पुतलीबजारका १ पुरुष र तनहुँको भिमादका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...