नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३ पुग्यो

Corona death

काठमाडौं । नेपालमा थप एक जनाको कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । गोरखा अस्पतालमा उपचाररत उनको आज बिहान ५ः०५ बजे मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन थापाले जानकारी दिएका छन् ।

गोरखा अस्पतालमा उपचाररत उनकी हिजो गराति ९ः५५ बजेमात्र कोरोना संक्रमण पुष्टि भएको थियो। मधुमेहबाट पीडित उनलाई निमोनिया देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिँदै आएको थियो । गोरखामा कोरोना संक्रमणबाट भएको यो पहिलो मृत्यु हो । गण्डकी प्रदेशमा यसअघि दुई संक्रमितको मृत्यु भइसकेको छ ।संक्रमित उनी हालै कतारबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...