आजको मौसमः देशका यी स्थानमा ठूलो वर्षा र बाढीको सम्भावना

Rain

काठमाडौँ । आज शनिबार पनि देशभर मेघगर्जसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान पनि सुदूरपश्चिम र ५ नम्बर प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

यस्तै आज दिउँसो सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले शनिबार बिहान जारी गरेको मौसम बलुटिनमा उल्लेख छ ।

प्रदेश १, गण्डकी र प्रदेश नम्बर ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ । आज राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहनेछ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ मा मेघगर्जन–चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

ती प्रदेशमा नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...