धनकुटामा ४३ हजारलाई धनकुटा उद्योग बाणिज्य संघले बाढ्यो कोराना भाईरस लाग्न नदिने औषधी

Dkt help 12

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले कोराना भाईरस लाग्न नदिन ४३ हजार बढीलाई इमिनिटी पारव बढाउने औषधी वितरण गरेको छ ।

महामारीको रुपमा कोरोना भाईरस दिन प्रतिदिन तिव्र रुपमा फैलिँदै गएकाले धनकुटा जिल्लामा कोरोना भाईरस फैलन नदिन उद्योग बाणिज्य संघले धनकुटा बजार क्षेत्र लगायत धनकुटाका विभिन्न बजार क्षेत्रहरुमा इमिनिटी पावर बढाउने औषधी व्यापारी, व्यवसायी तथा उपभोक्ताहरुलाई ४३ हजार ६ सय ७३ जनलाई वितरण गरेको हो ।

बाणिज्य संघले धनकुटा बजार, हिले बजार, सिधुवा बजार, चित्रे, नेता चौक, मुलघाट, भेडेटार, खुवाफोक, महाभारत, आहाले, बुढीमोरङ, थलथले लगायतमा कोरोना भाईरसविरुद्ध इमिनिटी पावर बढाउने औषधी नमुनाको रुपमा केहीलाई वितरण गरेको र आगामी दिनमा सबै व्यापारी, व्यवसायी र उपभोक्ताहरुलाई वितरण गर्दै जाने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, महासचिव रामबहादुर गोङ्वा, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, लिजा श्रेष्ठ, नविन श्रेष्ठ, कार्यालय प्रमुख सिचन प्रधान, कर्मचारीहरु नवराज श्रेष्ठ, मनिश श्रेष्ठ, मुकेश राई लगायतले धनकुटा जिल्लामा कोरोना भाईरस लाग्न नदिन इमिनिटी पावर बढाउने औषधी वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...