प्रहरीले पक्राउ गर्न नसक्दा तपस्वी रामबहादुर बम्जनसहित ३ जनाविरुद्ध अदालतमा मुद्दा

Rambadr bamjan

सर्लाही । पटकपटक विवादमा तानिएका लिटिल बुद्ध भनेर चिनिने तपस्वी रामबहादुर बम्जनलगायत तीन जनाविरुद्ध सर्लाही जिल्ला अदालतमा मुदा दायर भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका –१३ पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तपस्वी रामबहादुर बम्जन भनेर चिनिने रामलाल बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर भएको हो ।

प्रतिवादी बम्जनलाई लुकाउन छिपाउनमा सहयोग गरेका मतियार उनका सहयोगी तोक्तेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जन र जेबी गुरु भन्ने जीतबहादुर तामाङविरुद्ध पनि मुद्दा दायर भएको हो ।

यसरी भयो करणी
बम्जनले २०७३ साल साउन २० गते राति करिब सवा ९ बजेको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाइ जबर्जस्ती करणी गरेको आरोप छ ।

घटना भएको समयमा बालिका नाबालिक रहेको थियो । उनको उमेर १५ वर्ष मात्र थियो । १८ वर्ष भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो ।

प्रहरीले सर्लाही, सिन्धुली लगायतका आश्रममा बम्जनको खोजी गरे पनि उनी फेला पर्न सकेन् । बम्जन पक्राउ नपरेपछि प्रहरीले केही दिन पहिले अनुसन्धान प्रतिवेदनसहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । सरकारी वकिल कार्यालयमार्फत बम्जनविरुद्ध बिहीवार अदालतमा मुद्दा दर्ता गरिएको न्यायधिवक्ता केशवप्रसाद गौतमले जानकारी दिएका छ ।

बम्जनविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ को ६६ को ३ ले यौन सुखका लागि बालबालिकालाई प्रयोग गर्ने/गराउने, बाल यौन शोषण गर्ने गराउने कसुर गर्‍यो भने दफा ७२ को ३ को ६ ले प्रचलित कानुन बमोजिम जबर्जस्ती करणीको कसुरमा कसुरदारलाई सजाय हुनेछ, त्यही बमोजिम हामीले मौलिक अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को ग बमोजिम १४ वर्षभन्दा बढी र १६ वर्ष भन्दा कम उमेरको बालिका भए १२ देखि १४ वर्षसम्म कैदको माग दाबीसहित मुद्दा दायर गरिएको न्यायधिवक्ता गौतमले बताए ।

उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी नै रहेको र बम्जनसहित उनका दुई मतियारसमेत फरार रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...