मौसमविद्ले भने: सर्तक रहनुहोस्, तीन दिन देशका यी स्थानमा भारी वर्षाको हुनेछ

Rain

काठमाडौँ । दुई दिन केही कम भएको वर्षाको मात्रा आज (शुक्रबार) बाट बढ्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आजदेखि मनसुन सक्रिय भएका कारण कम्तीमा तीन दिन देशभर भारी वर्षाको सम्भावना देखिएको हो ।

मौसमविद्का अनुसार बुधबार र बिहीबार मनसुन सामान्य अवस्थामा रहेका कारण यी दुई दिन तुलनात्मक रूपमा वर्षा केही कम भइरहेको थियो । तर आजबाट मनसुन पुनः ‘एक्टिभ’ भएका कारण वर्षाको मात्रा बढ्ने भएको हो ।

‘हामी सामान्यतया तीन दिन को मौसम अनुमान गर्छौं,’ मौसमविद् मानन्धरले भनिन्, ‘यस अवधिभर वर्षा अलि बढी हुने सम्भावना देखिएको छ ।’ मैसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनअुनसार आज, भोलि र पर्सिसम्मै देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा कही स्थानमा भारी वर्षा हुने सम्भावना छ।

यस क्रममा आज दिउँसो सबै प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो वर्षा हुने सम्भावना छ । यसैगरी राति पनि देशका धेरै स्थान वर्षा हुनेछ भने प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिकृया दिनुहोस