त्रिशूली नदीमा खसेको जिप अझै बेपत्ता, गोताखोरको टोलीद्धारा खोजी कार्य जारी

Maxresdefault (1)

काठमाडौँ । बिहीबार बिहान धादिङ जिल्लाको मौवाखोला बाँदरेमोडबाट त्रिशूली नदीमा खसेको जिपबारे अझै पत्ता लागेको छैन् ।

धादिङका एसपी रविन्द्र रेग्मीलेको अनुसार स्थानीयले बिहान सो ठाउँबाट स्कार्पियो जिप त्रिशूलीमा खसेको देखेको बताएको जानकारी दिएका थिए । एसपी रेग्मीले खोजीकार्य जारी रहेपनि अहिलेसम्म जीप नभेटिएको जानकारी दिए ।

उनले भने, ‘प्रत्यक्षदर्शीले गाडी खसेको देखेको भनेको छन्। घटनास्थलमा हेर्दा गाडी खसेका सामान्य डामहरु देखिन्छन्’ । ‘नदी बडेको अवस्था छ। गोताखोर पनि प्रयोग भएका छन् अहिलेसम्म केही फेला परेको छैन।’

गाडी चितवनबाट आएको प्रत्यक्षदर्शीले बताएको तर गाडीमा कति सवार थिए भन्ने अझै नखुलेको उनले बताए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...