बिहीबार बिहानै बारामा चट्याङ लागेर ४ जनाको मृत्यु, ७ घाइते

1582288248chatyang

काठमाडौँ । बिहीबर बिहानै परेको चट्याङ लागेर बारामा ४ जनाको मृत्यु भएको छ । त्यस्तै चट्याङ लागेर ७ जना घाइते भएका छन् ।

कलैया उपमहानगरपालिका–१२ सितलपुर धान रोप्दै गर्दा ३५ वर्षीया आशादेवी महतो कोइरी र ४५ वर्षीया हालिमा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । मृतकहरुको शव कलैया अस्पतालमा राखिएको छ ।

यसैगरी फेटा गाउँपालिका–१ त्रिवेणी गाउँमा पनि चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । चट्याङ लागेर ४५ वर्षीया सेन्धुदेवी महतो कोइरी र ५० वर्षीया सुनरपतिदेवी महतो कोइरीको मृत्यु भएको वडाध्यक्ष जयप्रकाश दासले जानकारी दिए । घाइतेहरुलाई भने वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको वडाध्यक्ष दासले बताए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...