इटहरीको तालतलैयामा रहेका ३० घर परिवारलाई राहत वितरण

Rahat itahari 17

इटहरी । लामो समयदेखिको लकडाउनका कारण समस्यमा परेका इटहरी उपमहानगरपालिका वडा नं. ३ तालतलैयामा रहेका ३० घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ ।

अमेरिकामा रहेर सामाजिक काममा सक्रिय बन्दै आएका घ्यालसुम्दो सेवा संस्थाका पूर्वअध्यक्ष छिरिङ राप्के लामाको विषेश पहलमा तालतलैयामा रहेका ३० घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ ।

ग्रामिण क्लव हाउस इटहरीको आयोजनामा बुधबार वडाध्यक्ष बालकृष्ण विष्टले ३० घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरियो । ग्रामिण क्लव हाउस इटहरीका महासचिव धर्मप्रसाद सुवेदीको संयोजनमा उनीहरुलाई राहत स्वरुप ३० घर परिवारलाई दाल, चामल, नुन, तेल, साबुन लगायतका खाद्य सामाग्री वितरण गरिएको हो ।

छिरिङ राप्के लामा, घ्यालसुम्दो सेवा संस्थाका अध्यक्ष निमा लामा, न्युयोर्कमा बस्ने सामाजिक अभियान्ताहरु प्रेम पौडेल, रामचन्द्र अधिकारी, अनन्तराज सुवेदी, छ्याल्देन डोल्मा शेर्पा, छोन्जोम लामा, आशा लामा, उषा लामा, नेपाली कांग्रेसका नेता विश्वराज वास्तोला, पेन्सलभेनियामा बस्ने जयन्द्र लामा र डा. केवश भण्डारीले घ्यालसुम्दो सेवा संस्थामार्फत आर्थिक सहयोग उपलब्ध गराएपछि इटहरीमा खाद्यान्न सहयोग दिइएको हो ।

यसअघि सोही क्लबकी तारादेवी सुवेदी (खनाल) को पहलमा इटहरी उपमहानगरपालिका वडा नं. ३ बौकाझोडामा रहेका असार १२ गते शुक्रबार दलित र अति विपन्न ३० घर परिवारलाई दाल, चामल, नुन, तेल, साबुन लगायतका खाद्य सामाग्री वितरण गरिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस