पाँच दिनमै ५२ जिल्लामा उधुम मच्चायो सलहले

भारतबाट पूर्वी नेपालमा करोडौं सलह आउँदै

Salaha kira

काठमाडौं । कोरोनाको कहरले आक्रान्त बनेका नेपाली फेरि अनिकाल निम्त्याउने किरा सलहबाट प्रताडित बन्न थालेका छन् । लाखौंको संख्यामा प्रवेश गरेको सलहले कलिला मकैको बोटसमेत सखाप पारिदिँदा किसान चिन्तामा परेका छन् ।

सलह कीरा फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड सङ्ख्यामा उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो । यो कीराले हरियो वनस्पतिको पातसहित डाँठसमेत खाइदिन्छ ।

प्रत्येक कीराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पुर्‍याउँछ । यो कीरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी हुन्छ ।

यो कीरा अफ्रिकी मुलुकमा देखिएको थियो । यो कीरा त्यहाँको रैथाने हो । त्यहाँबाट अन्य मुलुकमा फैलिँदै जाँदा नेपालमा पनि आइपुगेको हो । नेपालमा विभिन्न जिल्लामा बालीनालीमा देखिए पनि धेरैजसो सलह जङ्गलमै रहेको विज्ञले बताएका छन् ।

अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा (सलह) बुधबारसम्म ५२ जिल्लामा पुगेको छ । हावाको गतिमा आएको परिवर्तनले गत शनिबार सलह भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको थियो । सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो ।

बुधबार सलहको एक झुण्ड भारतको भागलपुर तथा मोतिहारीमा रहेको र अर्को झुण्ड कुशिनगरबाट चम्पारण जिल्लातर्फ उडेको छ । उक्त सलह दार्जिलिङ र सिलिगुढीसम्म पुग्ने अनुमान गरिएको छ । त्यो सलह नेपालमा प्रवेश गर्ने सम्भावना पनि छ ।

मंगलबार पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पश्चिमतिर सरेको अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा विगत चार दिनदेखि मनसुन अरेबियन सागरबाट हावा पश्चिम तथा दक्षिण/पश्चिममा प्रभाव रहेकोमा हाल पूर्व तथा दक्षिण/पूर्वी क्षेत्रमा हावाको प्रभाव रहेको छ ।

यो क्रम तीन दिन नै कायम हुने छ । भारतीय सीमावर्ती क्षेत्रमा रहेको सलहको झुण्ड हावाको बेगसँगै पूर्वबाट पश्चिमतर्फ आउनसक्ने सम्भावना रहेको छ । तराई, भित्रीमधेस तथा तल्लो पहाडी क्षेत्रमा सजक रहन पनि विज्ञहरुले आग्रह गरेका छन् ।

झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सलह कीरा अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले भारतबाट नेपालको सीमा नजिक अन्य झुण्डहरु आउँदै गरेकाले थप झुण्ड प्रवेश गर्नसक्ने सम्भावना कायमै रहेको बताए ।

सलहले मच्चायो उमुम
कृषि मन्त्रालयका अनुसार सलहले मुलुकका केही जिल्लामा देखिने गरी क्षति पुर्‍याएको छ । बारामा मकै तथा तरकारीबालीमा क्षति पुर्‍याएको छ ।

पहाडी क्षेत्रमा जाँदा झुण्ड टुक्रिएको र केही त्यतै बसेको केही घुमिरहेको छ । बुधबार भने दाङ, अर्घाखाँची र प्यूठानमा धेरै छ । अन्य जिल्लामा समेत सलह पुगेको छ ।

शनिबार नेपाल छिरेको सलह सोही दिन बारा, पर्सा, सर्लाही, सिन्धुली र रुपन्देहीमा देखिएको थियो । आइतबार धेरै जिल्लामा फैलिएको सलह मंगलबार काठमाडौँमा समेत देखियो ।

सलहको काठमाडौँ आएको हुल सिन्धुली र काभ्रेपलाञ्चोकतिरबाट आएको अनुमान छ । काठमाडौँ उपत्यकामा आएको सलह केही यहाँ खसेको र बाँकी झुण्ड भने बुधबार नुवाकोट पुगेको छ ।

हेटौँडामा झण्डै १०० हेक्टरमा नै क्षति पुर्‍याएको विवरण आएको छ । अन्य जिल्लामा पनि क्षति पुर्‍याएको तर क्षतिको विवरण सङ्कलनको क्रममा रहेको जनाइएको छ ।

सलहको बारेमा कृषि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले हेरिरहेको छ । केन्द्रका निर्देशक सहदेवप्रसाद हुमागाईँको नेतृत्वमा अध्ययनका लागि प्राविधिक कार्यदल छ । त्यसले अहिले अध्ययन विश्लेषणको काम गरिरहेको छ ।

सलहलाई फुल पार्न मरुभूमि नै चाहिने भएकाले नेपालमा बसेर फुल पार्छ भन्ने होइन । कृषिविज्ञका अनुसार नेपाल छिरेको सबैभन्दा ठूलो झुण्ड सातदेखि नौ लाखको रहेको अनुमान छ ।

‘हावाको बेगका कारण केही झुण्ड उछिटिएर नेपाल आएको हो, अहिले नेपालमा धेरै विखण्डन भइसक्यो, सानासाना झुण्डमा छ’ केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले भने, ‘तर थप प्रवेश गर्ने सम्भावना अझै छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...