मुटुको जाँच गरेर गंगालालबाट बालुवाटार फर्किए प्रधानमन्त्री

Kp 0li 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको जाँच गराएर फर्किएका छन् ।

केही दिनयता राजनीतिक दौडधुपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सरकारी निवास बालुवाटारबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुको नियमित परीक्षणका क्रममा प्रधानमन्त्री ओली कुनै स्वास्थ्य समस्या भएर भन्दा पनि नियमित परीक्षणका क्रममा ओली अस्पताल गएको बताए ।

नेकपाको स्थायी कमिटी बैठक जारी रहेका बेला पार्टीभित्र राजनीतिक संकट देखापरेको छ । गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा सहभागी भइरहेका ओलीलाई धपेडी भइरहेको थियो ।

स्थायी कमिटीमा बहुसंख्यक सदस्यले राजीनामा माग गरेपछि प्रधानमन्त्री ओली तनावमा छन् । मंगलबार मात्रै पार्टीका शीर्ष नेताहरुदेखि राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुईपटक भेट गरेका थिए ।

बुधबारको बैठकअघि प्रधानमन्त्री ओलीले आफु निकटका मन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर सरकार सञ्चालनमा परेको अफ्यारो र पार्टीभित्रबाट दिइएको दवावका विषयमा छलफल गरेका थिए ।

 

प्रतिकृया दिनुहोस