पार्टीभित्रको तनावमा रहेका प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि गंगालाल अस्पतालमा

Kp oli gangalal hospital 16

काठमाडौं । केही दिनयता राजनीतिक दौडधुपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गंगालाल अस्पताल पुगेका छन् । उनी स्वास्थ्य परीक्षणपछि आजै फर्किने छन् ।

उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका हुन् । मुटुमा केही समस्या भएपछि उनी गंगालाल अस्पतालमा गएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुको नियमित परीक्षणका क्रममा प्रधानमन्त्री ओली अस्पताल गएको र परीक्षणपछि फर्किने जानकारी दिए । कुनै स्वास्थ्य समस्या भएर भन्दा पनि नियमित परीक्षणका क्रममा ओली अस्पताल गएका हुन् ।

नेकपाको स्थायी कमिटी बैठक जारी रहेका बेला पार्टीभित्र राजनीतिक संकट देखापरेको छ । गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा सहभागी भइरहेका ओलीलाई धपेडी भइरहेको थियो ।

स्थायी कमिटीमा बहुसंख्यक सदस्यले राजीनामा माग गरेपछि प्रधानमन्त्री ओली तनावमा छन् । मंगलबार मात्रै पार्टीका शीर्ष नेताहरुदेखि राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुईपटक भेट गरेका थिए ।

बुधबारको बैठकअघि प्रधानमन्त्री ओलीले आफु निकटका मन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर सरकार सञ्चालनमा परेको अफ्यारो र पार्टीभित्रबाट दिइएको दवावका विषयमा छलफल गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...