अवैध सम्बन्धबाट बच्चा जन्माएर जंगलमा फाल्ने युवा युवती नै पक्राउ

Pakrau 696x434

काठमाडौं । यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जंगलमा बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय (बुर्तिबाङ) का प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए।

युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विकलाई पनि पक्राउ गरिएको भण्डारीले बताए। उनीहरूबीच पहिलेदेखि नै अवैध सम्बन्ध भइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अवैध सम्बन्धबाट जन्मिएको बच्चा जंगलमा फालेर गुपचुप पार्न खोजिएको जिल्ला प्रहरी कार्यालय (बागलुङ) का प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिए। बच्चाको अवस्था सामान्य छ। बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...