पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार शाही पक्राउ

789798

काठमाडौँ । पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भक्तपुर जिल्लाका सेक्रेटरी विजय भनिने ऐनबहादुर शाहीलाई पक्राउ परेका छन् ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बम विस्फोटपछि फरार रहँदै आएका शाहीलाई विशेष सूचनाको आधारमा असार १५ गते ललितपुरबाट पक्राउ गरिएको बताए ।   उक्त बम विस्फोटमा संलग्न भएको आरोपमा भक्तपुर प्रहरीले यसअघि नै चारजनालाई पक्रा गरिसकेको छ ।

गएको फागुन २८ गते बिहान ७ः५६ बजे  भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ मनहरामा बन्दै गरेको नयाँ घरको घरको दक्षिण पूर्वी वाल कम्पाउण्डमा बम विस्फोट गराइएको थियो ।  पूर्वमन्त्री बाँस्कोटाको घरमा रिमोट कन्ट्रोलमार्फत कुकर बम विस्फोट गराइएको थियो ।

विस्फोटको क्रममा घटनानजिकै प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चासमेत बरामद गरेको छ । प्रहरीले उक्त पर्चाको आधारमा पूर्वमन्त्री बाँस्कोटाको घरमा विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गराएको हुनसक्ने दावी गरेको थियो । तर नेकपाले अहिलेसम्म आधिकारिक रुपमा उक्त बम विस्फोटको जिम्मेवारी लिएको छैन ।



 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...