सांसद छन्त्यालको निधन

Gyankumari chantyal

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसकी नेतृ ज्ञानकुमारी छन्त्यालको निधन भएको छ।

छन्त्यालको उपचारका क्रममा काठमाडौंस्थित शहिद गंगालाल ह्रदययरोग केन्द्रमा निधन भएको हाे ।

उनको अघिल्लो आइतवार मुटुको ३ वटा भल्ब ब्लक भएपछि मुटुको शल्यक्रिया गरिएको थियो।

उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने स्राेतले जनाएकाे छ ।

छन्त्याल २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्।

त्यसपछिको निर्वाचनमा कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बनाएको थियो।

छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन्।

छन्त्यालको निधन भएपछि कांग्रेसको आजका लागि तय भएको केन्द्रीय कार्य समितिको बैठक र संसदीय दलको बैठक स्थगित भएको स्राेतले जनाएकाे छ ।

उनको निधनप्रति पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइरालालगायतले दुख ब्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार २० गते शनिबार, शनिदेवको पुजा गर्दै आजको राशीफल हेर्दा यस्तो हुन्छ फाइदा

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्...