किसान भन्छन्, सलहले मकैबारीमा कलह मच्चाएपछि हामी के खाने ?

Salahapyutha 1

प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिका–३ दुमहीका चुम बहादुर राना बर्षेनी २९ रोपनी बारी र ८ रोपनी खेतमा मकै लगाउँछन् । उनले यस वर्ष पनि मकै लगाए । हलक्क बढेको मकै भर्खर पसाउन लागेको थियो । यस बर्ष पनि मकै राम्रै फल्छ भन्ने आश गरेका थिए उनले । यहि खेतबारीमा फलेको मकैले वर्षभरी खान पुग्थ्यो ।

तर, मंगलबार सलहले मकैबारीमा कलह मच्चाएपछि उनको आश निराशामा परिणत भएको छ । मकै हुर्किँदै गर्दा अमेरिकी फौजी किराले आक्रमण गर्‍यो । उनले कृषि प्राविधिकको सल्लाहअनुसार विषादी छरेपछि फौजी किरालाई केहि नियन्त्रणमा ल्याउन सफल भए ।

मंगलबार दिउसो एकाएक ठूलो झुन्डमा आएका सलहबाट भने उनले मकै जोगाउन सकेनन् । हेर्दा हेर्दै सलहले मकै सकेपछि उनी चिन्तामा डुबेका छन् । ‘पसाउन लागेको मकैको पात र डाक्ला सक्यो, पातमा लपक्कै सलह बसेर बोट नै ढलाएको छ, अब पलाउने आस पनि छैन’ रानाले भने ‘एक आधा घण्टामै बारीभरीको मकै सलहले खायो बर्बाद भयो ।’

प्यूठान नगरपालिका क्षेत्रको झिमरुक फाँट, मल्लरानी, झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रको आकाशमा यो धेरै फैलिएको छ । प्यूठानको आकाश सलहले ढाकेको छ । जिल्लाका प्राय सबैजसो क्षेत्रमा सलहले मकैबाली नष्ट गरेको छ ।

राना मात्र हैन, साबिकको हंसपुर गाबिसका मकै खेती गर्ने अधिकांश किसानको अवस्था उस्तै छ । कोरोनाकै तनावका बीचमा भित्रिएको सलहले हुर्कंदै गरेको मकैबाली नष्ट गरेपछि खाद्यान्न अभाव हुने चिन्तामा किसान छन् । मकै खेतीमा सलह किराले सखाप पारिदिएपछि किसान चिन्तित छन् ।

सरुमारानी ३ कोटाचौरकी चमेली पल्लीले पनि बारीमा लगाएको मकैको पात सलह किराले खाएर आधासरो ठुटो बनाएको गुनासो गरिन् । ‘६ महिना खान पुग्ने मकै सलहले छिनभरमै स्वाह पारिदियो’ उनले भनिन, ‘अब के खाने होला ?’

मङ्गलवार सरुमारानी –३ हंसपुरको दुमही, कोटाचौर, कोटघर टोल लगायतका झण्डै ५० जना किसानले लगाएको मकैमा सलहले क्षति पुर्‍याएको स्थानीयले बताए ।

पीडित किसानहरुहे क्षतिको मुल्याकंन गरी राहतका कार्यक्रम ल्याउन किसानले सरकारसँग आग्रह गरेका छन् । आईतबार सरुमारानी क्षेत्रमा पहिलोपटक देखिएको यो सलह अहिले जिल्ला भर फैलिएको छ ।

ठूलो झण्ड बनाएर गाउँ पसेको सलहले वडाका विभिन्न गाउँमा लगाएको खाद्यन्न बाली नष्ट गरेको वडाध्यक्ष भीमबहादुर मर्साङ्गीले बताउँछन् । प्रभावित किसानलाई भेटेर उनले राहतका लागि पहल गर्ने आश्वासनसमेत दिए ।

सरुमारानी गाउपालिकाकी कृषी शाखा प्रमुख चम्पा पाण्डेले सलहले अन्न बालीमा क्षति पुर्‍याइरहेको बताईन् । किसानहरूले सलह भगाउन रित्ता भाँडा ठटाउने, आगो बालेर धुवाँ उडाउने लगायतका काम गर्न उनले सुझाईन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...