मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने

Mausm news

काठमाडौं । हाल देशभर मनसुनी वायु को प्रभाव कायम रहेको छ । आज दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसका साथै मनसुनी न्युन चापीय रेखा पनि नेपाल नजिक रहेको छ । जसअनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहि सुदुर पश्चिम प्रदेश र प्रदेश २ का केही स्थानहरुमा वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...