५ रुपैयाँ बढ्यो पेट्रोलको मूल्य, अब पेट्रोल १०१ रुपैयाँ पर्ने

Petrol pump 16

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । मंगलबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको हो । मंगलबार निगमले पेट्रोलमा पाँच, डिजेल र मट्टीतेलमा दुई रुपौया मूल्य बढाएको हो । मूल्य बढेसँगै अब पेट्रोल १०१ र डिजेल ८७ रुपैयाँ पर्नेछ ।

खुद्रा मूल्य समायोजनपश्चात् थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मटितेल ८७ रुपैयाँ पर्नेछ ।

पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा , डिजेल ८६ रुपैयाँ ५० पैसा र मटितेल ८६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगन्ज र धनगढीका लागि पेट्रोल ९९ रुपैयाँ ५० पैसा, डिजेल ८५ रुपैयाँ ५० पैसा र मटितेल ८५ रुपैयाँ ५० पैसा तोकेको जनाएको छ ।

इन्डियन आयल कार्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि नेपालमा पनि मूल्य बढाउनु परेको निगमको मनाइ छ ।

निगम प्रवत्ता विनितमणि उपाध्ययका अनुसार एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...