नक्सा छाप्न नदिने तपाई नै होइन भन्दै ओलीसँग किन यसरी जंगिए नारायणकाजी ?

प्रधानमन्त्री ओलीले नै नयाँ नक्सा छाप्न नमानेको प्रवत्ताले गरे खुलासा

Narayankaji shresth 16

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ लाई पार्टीभित्र नरम धारका नेताका रुपमा चिनिन्छन् । तर मंगलबार बसेको नेकपाको स्थायी कमिटिको चौथो दिनको बैठकमा भने उनी निक्कै आक्रोसित बने ।

सो बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नक्सा जारी गरेबापत भारतीय राज्य संयन्त्र र आफ्नै पार्टीका नेताहरु सरकार ढाल्न सक्रिय रहेको आरोप लगाए । प्रधानमन्त्रीको यस्तो भनाई आएपछि उनी प्रधानमन्त्रीतिर खनिएका छन् ।

उनले प्रधानमन्त्री ओलीले नै नयाँ नक्सा छाप्न नमानेको खुलासा गरेका छन् । पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै श्रेष्ठले विभिन्न समयमा बसेका बैठकमा ओलीले नक्सा छाप्न नहुने तर्क गरेको खुलासा गरेका हुन् ।

‘पहिले अध्यक्ष ओलीले नक्सा प्रकाशन गर्नका लागि पार्टीको स्थायी कमिटी र सचिवालय बैठकमा मान्नु भएन । नीति तथा कार्यक्रममा पनि उहाँले राख्न मान्नु भएन’ उनले भने, ‘त्यहीँ दिन हामीले चर्को दबाब दिएपछि मात्र नक्सालाई नीति तथा कार्यक्रममा राख्न तपाईँले त्यहीँबाट मुख्यसचिवलाई फोन गर्नु भएको हैन ? यस्तो झुटो कुरा गर्ने ?’

‘नक्सा छापेपछि भारतले हटाउन खोज्यो भन्ने ? तपाईँको राजीनामा वैशाख १७ कै बैठकमा उठेको थियो । त्यो बेला के तपाईँ नक्सा छाप्न तयार हुनुहुन्थ्यो ?’ उनले भने, ‘नक्सा छाप्न पनि तपाईँ नमान्ने अनि आफ्नो अनुकुल भएन भनेर अन्य नेतालाई जे पनि भन्ने ? यो जिम्मेवारी भएन ।’

सैद्धान्तिक र व्यवहारिक रुपमै ओलीमा समस्या देखिएको बताउँदै श्रेष्ठले वैचारिक स्पिरिटबाट चिप्लिएर भ्रष्टिकरणतर्फ गएको टिप्पणी गरे । उनले भने,  ‘वैचारिक स्पिरिटबाट नेतृत्व भ्रष्टिकरणतर्फ गएको छ । त्यस्तो अवस्थामा विधि, पद्दती, आत्मालोचना हुँदैन । नेतृत्वले ब्रमज्ञानी प्रवृत्तिमा पुग्यो । त्यस्तो स्थानमा सत्रु र दासमात्र भेट्ने समस्या हुन्छ । उहाँले कामरेड भेट्नु हुन्न ।’

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिमा पनि असहमति जनाए । उनले भने, ‘भारतले तपाईँलाई हटाउन खोजेको हो भने भारतीय राजदूतलाई प्रष्टिकरण किन सोध्नु भएन ? तथ्य हो भने देशबाट निष्कासन पनि गर्नुपर्छ । तपाईँले त्यो काम किन गर्नु भएन ? आफ्नो स्वार्थलाई केन्द्रमा राखेर कुटनीतिक र परराष्ट्र मामिलामा प्रधानमन्त्रीको अभिव्यक्ति घोर आपत्ति जनक छ । यसले राष्ट्र र पार्टीलाई नोक्सान पु¥यायो ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...