आज देशभर मेघगर्जन र चट्याङसहित वर्षा हुने, नदी तटीय क्षेत्रमा आकस्मिक बहावको सम्भावना

Mausm news

काठमाडौं । मंगलबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अहिले सुदरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम र दक्षिण, पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पुर्वी दिशाबाट बहेको) को प्रभाव कायम रहेको छ ।

यसका साथै मनसुनी न्युन चापीय रेखा नेपालको नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसअनुसार हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा भईरहेको छ ।

कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, डोटी, बझाङलगायत सुदुरपश्चिम प्रदेशका धेरैजसो स्थान र कर्णाली प्रदेशका केहि स्थानमा हल्कादेखि मध्ययम बर्षा हुने सम्भावना रहेको छ ।

त्यस आसपासका खोला तथा नदीहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले आग्रह गरेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राती देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बाग्मती प्रदेश र प्रदेश ५ का केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार महिनाको अन्तिम शनिबार, श्री शनि भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल यस्तो छ

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फ...