हट्यो उपत्यका छिर्दा क्वारेन्टाइन बस्नुपर्ने बाध्यता, होम क्वारेन्टाइनमा बस्न पाइने

Upatyaka prabesh

काठमाडौं । उपत्यका बाहिरबाट काठमाडौं आउँदा अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता हटेको छ ।

सोमबार बसेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले उपत्यकाभित्र प्रवेश गर्ने जोहीलाई पनि क्वारेनटाइनमा बस्नुपर्ने बाध्यतालाई हटाएको हो ।

स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउन दिने निर्णय सिसिएमसीले गरेको हो । हवाई तथा स्थलमार्गबाट आउने सबैमा सो निर्णय लागु हुनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंका अनुसार सिसिएमसीले क्वारेन्टाइनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ । यस्तै, विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति दुई जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...