भोकमरीबाट बच्न कृषि कर्म नियमित राखौंँ : कृषिमन्त्री केसी

2020 02 28 bimala kc 597343357

काठमाडौँ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भोकमरीको सम्भावित जोखिमबाट बच्न कृषि कर्म नियमित राख्न सबैमा आग्रह गरेकी छन् ।

१७औँ राष्ट्रिय धान दिवसका अवसरमा किसान तथा सम्पूर्ण नेपाली एवं कर्णालीवासीमा शुभकामना सन्देश दिँदै मन्त्री केसीले कोभिड–१९ रोगको जोखिम अवस्थामा समेत कृषि कर्मलाई नियमित नराखे निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको खतरा बढ्न सक्ने भएकाले कृषिसम्बन्धी सम्पूर्ण गतिविधि आवश्यक सतर्कता अपनाई नियमित राख्न  किसानलाई आग्रह गरेकी हुन् ।

कोभिड–१९ संक्रमणबाट सुरक्षित रही भौतिक दूरी कायम गर्दै धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी हुन र सङ्घीय सरकारको निर्णयबमोजिम बढीमा २५ जनासम्म मात्र भेला हुन वा २५ भन्दा बढी भएमा न्यूनतम निर्देशित दूरी (६ फिट) कायम गरी ससाना उपसमूहमा रहेर रोपाइँ महोत्सव मनाउन उनले आग्रह गगरेकी छन् ।

आगामी केही वर्षमा धानचामलमा आत्मनिर्भर हुने राष्ट्रिय सङ्कल्प साकार पार्न कर्णाली प्रदेशको भूमि व्यवस्था मन्त्रालयबाट धानबाली प्रवद्र्धनका प्रयाससमेत भइरहेको र धान दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको उनले सन्देशमार्फत जानकारी दिइन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...