सर्लाहीको धनकौलमा कांग्रेस र नेकपाबीच गोली हानाहान, छर्रा लागेर १८ जना घाइते

Goli logo

काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा गोली चलेको भनिएको छ । यद्यपि, प्रहरीले हालसम्म गोली चलेको पुष्टि गरिसकेको छैन ।

सर्लाहीको धनकौल गाउँपालिका–३, मा आइतबार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा गोलीको छर्रा लागेर १८ जना भन्दा बढी घाइते भएका छन् ।

सबैलाई उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ । धनकौल कांग्रेस सांसद अमरेश कुमार सिंहको निर्वाचन क्षेत्र हो ।

दुई पक्षबीच झडप हुदाँ करिब १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । स्थिति अहिले सामान्य छ । दुईजना प्रहरी जवानसमेत समान्य घाइते भएका छन् । धनकौल गाउँपालिकामा यो भन्दा अगाडि पनि झडप भएको थियो ।

असार ७ गते हत्या गरिएका रामजल रायको हत्यारालाई कारबाही गर्नुपर्ने र क्षतिपुर्तीको माग गर्दै नेकपा कार्यकर्ता मसाल जुलुस निकालेको समयमा दुबै पक्षबीच झडप भएको हो । उनीहरुको अहिले सर्लाही अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

घाइते हुनेमा धनकौल २ रणधीर रंजन बर्मा, बैधनाथ सहनी र लक्ष्मण साह (वडा सदस्य) रहेका छन् । उनीहरुको टाउको, हात, खुट्टा र गर्दनमा चोट लागेको छ । त्यसैगरी छर्रा लागेर घाइते हुनेहरुमा धनकौल ३ हरकठवाका रामचन्द्र हजारी नागेश्वर सहनी, महबुब अन्सारी, राकेश कुमार सिंह, रामविनय हजारी, बिलास राय, विजय साह, अरविन्द सिंह, सुनिल महतो, विजय साह, शेख इन्ताज, सुनिल साह, नितेश सिंह, संजित यादव र अरुण यादव रहेका छन् ।

कांग्रेसका रणधीर रंजन बर्माले आफू बजारबाट तरकारी लिएर घर अगाडि बसिरहेको अवस्थामा अचनाक ४०र५० जनाको समूहमा आएका नेकपा कार्यकर्ताले कुटपिट गरेको बताएका छन् । उनले बाँसको भाटाले आफूलाई उनीहरुले प्रहार गरेको र टाउको, हात, खुट्टा र गर्दनमा चोट लागेको बताए ।

नेकपाका विजय सिंहले आफूहरु मसाल जुलुस निकालेको समयमा ढुङ्गा मुढा गर्दै कांग्रेसका कार्यकर्ताले गोली चलाएको आरोप लगाएका छन् । उनले आफूहरु मसाल जुलुस गर्न लाग्दा कांग्रेसीहरु अचानक गोली बर्साउन थालेको र सबै जनालाई गोलीको छर्रा लागेको बताए उनले केहीको टाउको समेत फुटेको दावी गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...