बैठकमा कुर्सीको चर्को बिरोध : हटाइयो अध्यक्षद्धय ओली–प्रचण्डको सोफा, रावल बोल्दा ताली बज्यो पररर...

Nekapa isathai commitee baithak

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीे (नेकपा) को स्थायी कमिटी बैठक चलिरहेको छ । तर, बैठकमा अन्य नेताहरुलाई कुर्सी र अध्यक्षद्धयलाई सोभा राखिएपछि बैठकमै चर्काे आलाचना भएको छ ।

बस्ने कुर्सीमै विभेद गरियो भनेर चर्काे आलोचना गरिएपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बस्नका लागि मञ्चमा सोफा राखिएको सोफा हटाइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बस्नका लागि मञ्चमा सोफा राखिएको थियो । अन्य नेताहरुका लागि कुर्सीको व्यवस्था थियो । दोस्रो दिनको बैठकमा नेता भीम राववले बैठक कक्षको मञ्चमा दुई अध्यक्षका लागि छुट्टै सोफा किन राखेको भनेर प्रश्न गरेका थिए ।

नेता रावलले कम्युनिष्ट पार्टीको बैठकमा कुर्सीमै असमानता किन भनेर प्रश्न गर्दै यो सामन्तवादी प्रवृति भएको भन्दै उनले हटाउन माग गरे । उनले सोफा हटाउन माग गर्दा सबैले ताली बजाएर समर्थन गरेका थिए । त्यसपछि अन्य सदस्यलाई जस्तै अध्यक्षका लागि कुर्सीको व्यवस्था त्यहाँ भएको थियो ।

बुधबार बैठक सुरुवातका दिन वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षभन्दा पछि राखेको भन्दै कार्यालय सचिवलाई आफू बस्ने कुर्सी अगाडि सार्न लगाएका थिए । शुक्रबारको बैठकमा प्रधानमन्त्री ओली उपस्थित थिएनन् । नेकपाको माघमा बसेको केन्द्रीय कमिटी बैठकमा पनि नेताहरुले विरोध गरेपछि मन्ञ भित्तामा टाँसिएका दुई अध्यक्षका तस्बिर बैठकको बीचमै हटाएका थिए ।

६ महिनापछि बसेको स्थायी कमिटी बैठकलाई उपेक्षा गरेकोमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको आलोचना भएको छ । बुधबारबाट सुरु भएको बैठकमा शुक्रबार एजेन्डामाथि धारणा राख्ने क्रममा स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अनुपस्थित भएकोमा आलोचना गरेका हुन् ।

स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, रघुवीर महासेठ, लिलामणि पाखेरल, भीम रावल, पम्फा भुसाललगायतका नेताहरुले बैठकमा प्रधामन्त्री ओली किन उपस्थित नभएको भन्दै प्रश्न उठाएका थिए । नेता शाक्यले प्रधानमन्त्री बिना बैठक खल्लो भएको भन्दै बैठक राख्नै नमान्ने राखेपछि भागेर हुन्छ भन्दै प्रश्न गरेकी थिइन् । उनले यसरी पार नलाग्ने बताएकी थिईन् । शाक्यले बैठकमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै यो बैठक धुम्बाराहीमा राख्नुपर्ने माग गरकी थिइन् ।

नेता रावलले ‘प्रधानमन्त्री किन नआएको ? पछि आलोचना गर्‍यो भने सरकारको विरोध भयो भन्ने ?’ भन्दै प्रश्न गरेका थिए । नेता महासेठले प्रधानमन्त्री बीना छलफलको के औचित्य भन्दै प्रधानमन्त्री चाहियो भनेर कुरा राखेका थिए ।

अधिकांश सदस्यहरुले बैठकमा प्रधानमन्त्री किन अनुपस्थित भन्ने प्रश्न गरेपछि महासचिव विष्णु पौडेलमार्फत् अध्यक्ष पुष्पकमल दाहालले कार्य व्यस्तताका कारण अनुपस्थित भएको र कुनै पनि बेला उपस्थित हुने बताएका थिए । त्यसपछि अध्यक्ष दाहालले बैठक सुरु गरेका थिए ।
शुक्रबारको बैठकमा सदस्यले नेपालको सीमा समस्या र समाधान केन्द्रित भएर बोलेका छन् । बैठकमा १८ स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बुधबारको बैठकमा सरकार र पार्टी सञ्चालनका विषयमा अध्यक्षद्वय ओली र दाहालका फरक–फरक धारणा आएका थिए । सरकारको काम प्रभावकारी भएको प्रधानमन्त्रीको दावीमा वरिष्ठ नेता नेपालले आपत्ति जनाएका थिए । त्यसपछि बसेको बैठकमा ओली अनुपस्थित भएका हुन् । बैठकका लागि सात एजेन्डा तय भएका छन् ।

बैठकको दोस्रो दिन भारतसँगको सीमा विवादमा केन्द्रीत भएर छलफल भएको छ । बैठकमा नेपालको सीमा समस्या सुल्झाउन भएका राजनीतिक एवं कुटनीतिक प्रयासबारे सरकारका तर्फबाट परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी गराएका थिए । ज्ञवालीबाहेक अन्य सदस्यले भारतसँगको सीमा विवाद समाधानका लागि विभिन्न सुझाव दिएका छन् ।

‘भारतसँगको सीमासँग सम्बन्धित मुद्दाहरुबारे छलफल भयो । यो छलफलमा १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो विचार राख्नुभयो’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘भारतद्वारा अतिक्रमित भूमि समेटेर सरकारले नक्सा जारी गर्नु सकारात्मक काम भएको र अब कुटनीतिक संवादबाट नै नेपालको अतिक्रमित भूमि प्राप्त गर्न पहल गर्नुपर्छ भन्ने सबै साथिहरुको जोड थियो ।’

शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवाली, स्थायी कमिटी सदस्यहरु लिलामणि पोखरेल, मातृका यादव, देव गुरुङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विक, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृत बोहरा, भीम रावल, मुकुन्द न्यौपाने, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, गणेश शाह, केशव बडाल र सचिवालय सदस्य एवं प्रवक्ता श्रेष्ठले आफ्ना धारणा राखेका थिए ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरी नक्सा जारी गरेपछि नेपाल भारत सम्बन्धमा तिक्तता आएको छ । आफ्नो भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयकसमेत संसदबाट पारित भएको छ । भारतले नेपाली भूमि भएर तिब्बत जोड्ने सडक उद्घाटन गरेपछि यो विषय जटिल बन्दै गएको छ ।

बैठकमा स्थायी कमिटीको चालू बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी काम सम्पन्न गर्ने, एमसिसी र विविध विषयको एजेन्डा छलफलका लागि प्रस्तावित छ ।

विविधअन्तर्गत भने रुकुम घटना, नागरिकता विधेयक र संघीय संसद्का सदस्यहरूको भत्ता कटौतीको विषय एजेन्डामा राखिएको छ । एजेन्डातयमै नेकपा बैठकमा विवाद भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...