भारतमा मुस्लिमहरुको पार्टीले किन जलायो नेपालको राष्ट्रिय झण्डा ? (भिडियोसहित)

Indiama jalyo nepalko jhanda

काठमाडौं । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा तथा निशान छाप पारित गरेपछि भारतमा नेपालको खुवै आलोचना भइरहेको छ । यतिसम्मकी भारतीयहरुले नेपालको राष्ट्रिय झण्डा पनि जलाउन थालेका छन् ।

नेपालको झण्डा जलाइएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । नेपालको छिमेकी मुलुकमा यसरी राष्ट्रिय झण्डा जलाइनुलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने प्रतिक्रियासमेत सामाजिक संजालमा आइरहेका छन् ।

आफूलाई अल इन्डिया मजजिस इत्तिहादुल मुस्लिमीन पार्टीका कार्यकर्ता बताउने इसरार अहमद नामको फेसबुकबाट नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो सार्वजनिक भएको हो ।

फेसबुकमा इसरारले भारतले नेपालमाथि सर्जिकल स्ट्राइकर गर्न समेत आग्रह गरेको छ । आफूहरूले कालापानीमा भारतको झण्डा फहराउने भन्दै भारतले नेपालको सीमा समेत सिल गर्नुपर्ने लगायत माग अघि सारेको छ ।

राष्ट्रिय झण्डा जलाएको उक्त भिडियोलाई लिएर देश विदेशमा रहेका नेपालीहरूले खेद प्रकट गरेका छन् ।

लामो समयदेखि भारतको नियन्त्रण रहेको उक्त क्षेत्रलाई समेट्दै सरकारले नक्सा सार्वजनिक गरेसँगै भारत नेपालसँग चिढिएको हो । भारतीय मिडियाहरू नेपालमा माथि खनिइरहेका बेला भारतीय नागरिकहरूले पनि नेपालको विरोध गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...