एमसीसीको विरोधमा काठमाडौँमा प्रदर्शन

Bhumi mcc

काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ।

एमसीसीको विरोधमा मंगलबार दिउँसो युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘एमसीसी अस्वीकार गरौँ’, ‘एमसीसी खारेज गर’, अमेरिकी साम्राज्यवाद मुर्दावाद’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उनीहरुले सडकको बिचमै बसेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले आन्दोलन जारी रहने बताएका छन्।

अब आन्दोलन जारी रहने अनेरास्ववियूका नेता भुमिराज अधिकारीले बताए।

उत्त कार्यक्रममा अनेरास्ववियूका नेता निर्गराज जैशी, सगर केसी , उपदेश यादव, भुमिराज अधिकारी, निरज श्रेष्ठ,पुजा खुसि कडेल लगायतको उपस्थीती रहेको थियो ।

प्रतिकृया दिनुहोस