प्रशासनको इजाजत विना ल्याइएका हरियो तरकारी गरियो नष्ट

Tarkari nast

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालयको अनुमति विना ल्याइका हरिया तरकारी प्रहरीले नष्ट गरेको छ ।

जिल्लाको सन्धीखर्क नगरपालिका वडा नं. १ को पुष्मा स्टोरका संचालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. १० बाट बिक्री वितरणको लागि ल्याइएको हरियो तरकारीहरु बोडी, करेला, लौका, घिरौला, भेन्डी, टमाटर र खुर्सानीहरु जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले आइतबार सदरमुकामको डम्पिङ साइडमा लगेर नष्ट गरेको हो ।

स्थानीय प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्ने आशंकामा जिल्ला बाहिरबाट ल्याइएको सबै तरकारी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय तहको विभिन्न पालिकामा निर्माण गरिएका करेन्टाइनमा बसिरहेक बेला थप संक्रमणको जोखिम नफैलियोस् भन्दै हरियो तरकारीलाई नस्ट गरिएको बताइएको छ ।

हाल जिल्लामा अन्य खाद्यान्न तथा बिकास निर्माण मा प्रयोग हुने सामाग्री तथा इकुपमेन्टहरुलार्इ भने यथाबत रुपमा भित्र्याइएको छ । अहिले जिल्लाका ६ वटा स्थानीय तहहरुमा ३ हजार ४ सय ५३ जना करेन्टाइनमा राखिएको छ । हालसम्म जिल्लामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...