आरडीटी पोजिटिभ देखिएका ४ जनालाई यसरी राखियो भैंसी गोठमा

Dailekh bhaisigoth corona

दैलेख । सरकारले कोरोना संक्रमितहरुलाई राख्न पर्याप्त आइसोलेसन भएको दावी गरिरहेका बेला आरडीटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएका चार स्थानीयलाई भैंसीको गोठमा राखिएको छ ।

शनिबार परीक्षणका क्रममा पोजिटिभ भएपछि उनीहरुलाई क्वारेन्टाइनबाट आइसोलेसन नभएपछि भैरवी गाउँपालिकाले भैंसीगोठमा पठाइएको हो ।

१० दिनअघि भारतबाट आएका उनीहरु ३ नम्बर वडाको देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । आरडिटी पोजिटिभ देखिएपछि अरुलाई पनि सर्ने भन्दै स्थानीयको गोठमा पठाइएको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी विष्टले बताइन् ।

‘यहाँ आइसोलेसन छैन,’ उनले भनिन्, ‘क्वारेन्टाइनमा राख्दा अरुलाई सर्ने देखिएपछि सुरक्षित रुपमा गोठमा लगिएको हो ।’ उनीहरुलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्ने तयारी भइरहेको उनको भनाइ छ ।

उपाध्यक्ष विष्टका अनुसार क्वारेन्टाइनमा एउटै कोठामा ५० जनालाई राखिएको छ । ‘एक्कासी धेरै मानिस भित्रिएपछि व्यवस्थापनमा समस्या भयो,’ उनले भनिन्, ‘अन्य ठाउँका क्वारेन्टाइन पनि भरिएपछि एउटै कोठामा धेरैलाई राख्नुपर्ने बाध्यता भयो ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...