नेपाल छिर्न खोज्ने भारतीय समूहबीच र सशस्त्र प्रहरी दशगजा क्षेत्रमा झडप

Apf 19

सर्लाही । सर्लाहीको दशगजामा सशस्त्र प्रहरी र भारतबाट आएको एउटा समूहबीच झडप भएको छ ।

भारतमा बढ्दो कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिक र सशस्त्र प्रहरीबीच बिहान साढे ६ बजे सर्लाहीको विष्णु गाउँपालिका २ पकडीस्थित दशगजा क्षेत्रमा झडप भएको हो ।

भारतमा कोरोना भाइरसको बढ्दो संक्रमणले सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने र आफन्तकोमा बसोबास गर्नेक्रम बढ्न थालेको छ । सीमावर्ती क्षेत्रमा भारतीय नागरिकले पटक पटक यस्तो झमेला निम्ताउने गरेका छन् । भारतीय नागरिकलाई भारतको सशस्त्र सीमा सुरक्षा बल एसएसबीले सहयोग गर्ने गरेको छ ।

सर्लाहीको विष्णु गाउँपालिकामा पर्ने नेपाल भारत सीमा क्षेत्रबाट झण्डै ५० जना भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेका र उनीहरुलाई रोक्ने क्रममा बोर्डर आउट पोष्ट (बीओपी) सिमराबाट खटिएको सशस्त्र प्रहरी निरीक्षकको टोलीसँग सामान्य झडप भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

सुरुमा एकजनाले नेपाल प्रवेश गर्न खोजेका र पछि ५० जनाभन्दा धेरै आएका थिए । उनीहरुले नेपाल प्रवेश गर्न पाउनुपर्ने भन्दै सशस्त्र प्रहरीमाथि अभद्र व्यवहार गर्न थालेपछि सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

प्रतिकृया दिनुहोस