आज संविधान संशोधनको प्रस्ताव पेश हुँदै संशोधनको पक्षमा उभियो कांग्रेस

Sambidhan sansodhan 19

काठमाडौं । सरकारले केही समयअघि जारी गरेको राजनीतिक नक्सा कार्यान्वयनमा देखिएको जटिलता हट्ने भएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार जेठ ९ गते शुक्रबार नै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेकी थिइन् । विधेयकमा नेपालको नक्सा अद्यावधिक गरिएकाले नेपालको निसान छापमा उक्त नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ ।

सरकाले जारी गरेको राजनीतिक सहमति नबन्दा नयाँ राजनीतिक नक्सा कार्यान्वयनमा आउँदैन की भन्ने धेरैलाई आशंका थियो । तर शनिबार अबेर सम्पन्न नेपाली कांग्रेसको बैठकले नयाँ राजनीतिक नक्सा कार्यान्वयनका लागि संसदमा पेश हुने संविधान संशोधनको पक्षमा निर्णय गरेसँगै नयाँ नक्सा कार्यान्वयनको बाटो सहज हुने भएको छ ।

निसान छापलाई अध्यावधिक गरिएको नक्साअनुसार परिमार्जन गर्न दर्ता गरेको संविधान संशोधन विधेयक आइतबारको प्रतिनिधिसभा बैठकमा पेस हुँदैछ । आइतबार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन् । सदनले अनुमति दिएपछि उनले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७) पेस गर्ने सम्भावित कार्यसूचीमा लेखिएको छ ।

संसदमा पेश हुने संविधान संशोधन प्रस्तावका पक्षमा नेपाली कांग्रेसले मतदान गर्ने छ । मधेशवादी दलहरु भने अझैं संविधान संशोधनको प्रस्ताव प्याकेजमा ल्याउन अड्डी कसिरहेका छन् । यसको अर्थ मधेशवादी दलहरु संविधान संशोधनको पक्षमा उभिने निश्चित छ । तथापि मधेशवादी दलभित्रको पनि पूर्व संघीय समाजवादी पार्टीका नेताहरु भने संविधान संशोधनको पक्षमा देखिएका छन् ।

यसअघि बुधबारको प्रतिनिधिसभाका लागि सम्भावित कार्यसूचीमा परेको संविधान संशोधन विधेयक पेस गर्ने कार्यक्रम सरकारले पछि हटाएको थियो । संविधान संशोधन विधेयकबारे सबै दलबीच सहमति जुटाउनका लागि संसदको कार्यव्यवस्था परामर्श समितिले सरकारसँग आग्रह गरेको थियो ।

जेठ ११ गते आइतबारको कार्यव्यवस्था परामर्श समितिमा सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक संसदबाट सर्वसम्मत पास गराउनका लागि आफूले पनि भूमिका खेल्ने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा सहमति जुटाउन सर्वदलीय बैठक आह्वान गरेका थिए । सो बैठकमा कांग्रेसले संविधान संशोधनबारे केन्द्रीय कार्यसमितिबाट निर्णय गराउन समय माग गरेको थियो भने राजपा र समाजवादीले आफूहरूले उठाउँदै आएका मागलाई लिएर संविधान संशोधन गर्नुपर्ने अडान राखेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका भूभाग भएको र तिनमा निर्बाध रुपले नेपालको हक स्थापित हुनुपर्ने अडान दोहोर्याएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...