क्वारेन्टीनमा बसेका परियारले गरे आत्महत्या

Suicide logo

गुल्मी । गुल्मीमा क्वरेन्टीनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका गरेका छन् ।

शनिवार भारतबाट घर फर्किएका छत्रकोट गाउँपालिका ४ का ५६ वर्षीय चन्द्रबहादुर परियारलाई स्थानीय आदर्श माध्यमिक विद्यालयको क्वरेन्टीनमा राखिएको थियो ।

शनिवार बेलुका शाौचालय जान क्वरेन्टीनबाट बाहिर निस्किएका परियार ढिलोसम्म नफर्केपछि खोज्दै जाने क्रममा क्वारेन्टीन नजिकै रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । प्रहरिले घटनास्थलमा लासजाँचको मुचुल्का गरेपछि मात्र पोष्टमार्टमका लागि आइतबार बिहान सदरमुकाम तम्घास ल्याइने प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस