रुकुम घटना : स्वतस्फुर्त देशभर दिनहुँ प्रदर्शन हुँदै

Ktm 17

काठमाडौं । अन्तरजातीय प्रेम गरेकै आधारमा दलितमाथि गरिएको अमानवीय व्यहार र हत्याको निन्दा गर्दै देशभरका दलितहरु आन्दोलित भएका छन् ।

गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा अन्तरजातीय विवाहको विषयमा ५ जनाको हत्या र १ जना बेपत्ता भएको घटनाप्रति सरकारले देखाएको उदासिनपछि देशै भरिका दलित समुदाय आन्दोलमा उत्रिएका छन् । दिनहुँ काठमाडौं लगायत देशभरी आन्दोलन भइरहेका छन् ।

यसैक्रममा काठमाडौंको माइतीघरमा दिनहुँ प्रदर्शन भइरहेको छ । शनिबार पनि युवाहरुले स्वतस्फुर्त रुपमा प्रदर्शन गरेका छन् । दलित समुदायका युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रदशनकारीहरुले ‘जातीय विभेद अन्त्य गर, हत्यारालाई कारवाही गर, पीडित परिवारलाई न्याय दे, छुवाछूतमुक्त राष्ट्र कार्यान्वयन गर’ जस्ता नाराहरु लगाएका थिए ।

सो विरोध प्रदर्शनमा दलित अधिकारकर्मीहरु युवराज दर्नाल, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य मिना सोब, अधिकारकर्मी प्रदिप सोब, एलवी परियार, शर्मिला बागचन, धन ओड, अन्जान परियार लगायतले सो घटनाका दोशीहरुलाई कानुनी कठघरामा उभ्याउन माग गरे । कुनै पनि राजनीतिक संरक्षणको वहानामा हत्यारालाई जोगाउन खोजिए युवाहरु मौन नबस्ने चेतावनी पनि दिए ।

गैरदलितको छोरी लैजान खोजेको भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहितलाई आक्रमण गर्दै लखेटेका थिए । सो क्रममा उनीसहित ६ जना बेपत्ता भएकोमा ४ जनाको शब भेटिएको छ भने अझैं २ जना बेपत्ता छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...