नेपाली वेलफेयर सोसाइटी युकेले कञ्चनरुपका ३२ मुसहर परिवारलाई राहत

Kanchanrup help news

कञ्चनपुर । नेपाली वेलफेयर सोसाइटी युकेले कोरोना संक्रमण प्रभावित सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी रामपुरका ३२ घर परिवारलाई खाद्यन्न वितरण गरेको छ ।

दुई साताअघि रामपुर पथरीमा खान नपाएर ५० वर्षींय मलर सदा परिवारको मृत्यु भएको थियो । लकडाउनका कारण रोजिरोटी गुमेपछि समस्यामा परेका परिवारलाई सोसाइटीले प्रतिपरिवार एक बोरा चामल, तीन केजी दाल, एक लिटर तेल र एक पोका नुनलगायका खाद्यन्न वितरण गरेको हो ।

दलित सरोकार मञ्च नेपालले कञ्चनरुप नगरपालिकामा राहत वितरणको संयोजनमा शनिबार पथरी रामपुरका ३२ घर परिवारलाई खाद्यन्न वितरण गरेको हो ।

यसअघि सोसाइटीले कोरोना संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका– ३, भुल्केका २० घरधुरी र बाँकेको नेपालगन्ज उपमहानगरपालिका– ८ का २० परिवारलाई राहत सामग्री उपलब्ध गराइएको थियो । सोसाइटीले चितवनको भरतपुर महानगरपालिकाका २९, घैलाघारीका २० र स्याङ्जाको पुतलीबजार नगरपालिका– १७ का ४० परिवारलाई पनि राहत सामग्री उपलब्ध गराएको छ । कन्चनरुपसहित सोसाइटीले हालसम्म १ सय ३२ घर परिवारलाई राहत वितरण गरेको छ ।

नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष एवं एनआरएन युके सदस्य धनबहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य खिमकुमार बिश्वकर्माको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका पूर्व कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, एनआरएनए युके अभियन्ता (डेरेक्टर सलाद मास्टर लिमिटेड) शिवजी श्रेष्ठसमेत भर्चुल रुपमा कार्यक्रममा सहभागिता जनाएका थिए ।

गोर्खाली समाज युकेका अध्यक्ष कर्ण दर्लामी, शिब कलचरल एण्ड कम्युनिटी सेन्टर युकेका निवर्तमान अध्यक्ष रोहित गुरुङ, ब्रिटिस गोर्खा भेटेरियन एसोसिएसन युकेका महासचिव भीम सारु, नेकपा प्रतिनिधि भोला चौधरी, जनता समाजवादी पार्टी प्रतिनिधि रामेश्वर सरदार, दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोलाकुमार पासवान, नेपाली वेलफेयर सोसाईटी युकेका बरिष्ठ सल्लाहकार गोपाल रोका, सदस्यहरु आसा रोका लगायतले राहत वितरण कार्यक्रममा भर्चुअल रुपमा मन्त्यव राखेका थिए ।

प्रतिकृया दिनुहोस