कर्णालीमा भेटियो १४ जनामा कोरोना संक्रमण, कर्णालीमा पुग्यो ६० जना

Corona update

सुर्खेत । कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ ।

हालसम्म कर्णालीका सुर्खेत र दैलेखमा मात्रै संक्रमित भेटिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । हालसम्म कर्णालीमा ६० पुगेको छ ।

थपिएका संक्रमित दैलेखको नारायण नगरपालिका वडा नं‍ २ का एकजना, ३ एकजना, ४ का तीनजना, ६ का एकजना, ८ का दुईजना, ९ का दुईजना, १० का दुईजना र ११ का दुई जना रहेका छन् ।

उनीहरु क्रमशः २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ उमेर समूहका रहेका छन् । संक्रमित सबै केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए ।

पीसीआर परीक्षणका गरिएकामध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला संयोजक विवेककुमार पुनले पुष्टि गरेका हुन् । सुर्खेतमा रहेको प्रयोगशालामा चाप भएपछि सुर्खेत र दैलेखबाट संकलन गरिएको स्वाब जुम्ला पठाइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...