रुकुम घटना : मैन बत्ति बालेर देशभर विरोध प्रदर्शन र धर्ना

Chitwan 2 16

काठमाडौं । रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले देशभर एकैसाथ विरोध प्रदर्शन गरेको छ ।

रुकुममा भएको अमानवीय घटनालगायत काठमाडौंसहित देशभरी दलित समुदायमाथि घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै संघको संयोजनमा देशभर एकैसाथ प्रदर्शन गरेको छ ।

रुकुम पश्चिम चौजहारी ८ मा नवराज विक सहित उनका चार जना साथीहरु मारिएको विरोधमा शुक्रबार झापाको दमकमा दलित सम्बद्ध संघ संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् ।

नवराज विश्वकर्मा हत्याविरुद्ध संघर्ष समिति दमक, झापा गठन गरेर दलित अगुवाहरुले प्रदर्शन गरको हुन् । प्रदर्शनका क्रममा दलित अगुवाहरुले यस घटनालाई कहालीलाह्दो जातीय हिंसा भनेका छन् भने हिन्दु अतिवादी सोच बोकेकाहरुले घटनालाई विषयान्तर गर्न खोजेको समेत आरोप लगाएका छन् ।

प्रदर्शनमा राष्ट्रिय दलित पत्रकार संघ, झापासहित दलित सम्बद्ध विभिन्न १७ वटा संघसंस्थाहरुको एकैवद्धा रहेको संघर्ष समितिले ज्ञापनपत्रमार्फत उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्नुको साथै नवराजसहित सबै मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घटना प्रभावित समुदाय र क्षेत्रमा शान्ति सुरक्षा कायम गराउन माग गरेको छ ।

संघर्ष समितिको अगुवाईमा शुक्रबार दमक चोकमा र्यालीसहित कोणसभा गरेर दलित अधिकारका अभियन्ताहरु सहितको समूहले इलाका प्रशासन कार्यालय दमकमा ज्ञापनपत्र समेत बुझाएको संयोजक काँशी खातीले जानकारी दिए ।

आज राष्ट्रिय दलित पत्रकार संघ मोरङ, दलित मुक्ति संगठन, नेपाल दलित संघ मोरङ लगायतका दलित अभियानमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय मोरङमा एक घण्टा धर्ना दिएका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकार मदन भुजेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि दिएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ १ नं. प्रदेशका कोषाध्यक्ष पदमकुमार सरदार, मोरङका अध्यक्ष किशोर विश्वकर्मा, दलित मुक्ति संगठनका नेता जितनारायण सरदार, सुभाषकुमार सरदार, रिडेफ नेपालका सचिव कपिल सुनार, परिवर्तनका लागि हातेमालो अभियानका अध्यक्ष विनोद चहार (परियार) र नेपाल दलित संघका प्रतिनिधि सिताराम विश्वकर्मा लगायत विभिन्न संघ संस्थाको अगुवाईमा मोरङका दलित अगुवाहरु धर्नामा भएको थियो ।

धर्नापछिको कोणसभामा मानव अधिकार सञ्जाल प्रदेश १ संयोजक डिग घिमिरे, दलित मुक्त संगठन मोरङका नेता जीतनारायण सरदार लगायतले हत्याकाण्डको भत्र्सना गर्दै सरकारले यस्ता प्रकारका जघन्य अपराधको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनीहरुले घटनाका दोशीलाई उन्मुक्ति दिलाउने प्रयास गरिए देशभरका दलितहरु सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

पश्चिम रुकुमको चौरजहारीमा सामुहिक दलित युवाहरुको हत्या गरेको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीले दिउँसै मैनबत्ती बालेर कानुन कार्यान्यवनमा अध्यारो कुनामा बसेको सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका प्रदेश समिति सचिव रणध्वोज लोहारको अगुवाईमा भएको शान्तिपुर्ण विरोध कार्यक्रममा धरानका करिब दर्जन संघसंस्थाहरुले ऐक्यबद्धता जनाएका छन् । संघको आयोजनामा भएको शान्तिपुर्ण आन्दोलनमा दिउँसै मैनबत्ती बालेर अध्यारोमा रहेको सरकारको ध्यानाकर्षण गराएको संघका सुनसरी अध्यक्ष दिनेश गजमेरले बताए ।

पश्चिम रुकुममा भएको घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाले शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा दिपप्रज्वलन गरी ध्यानाकर्षण गराएको छ ।

सरकार ! अध्यारो कहाँ छ ? उज्यालो यहाँ छ’ भन्ने ब्यानरसहित राष्ट्रिय दलित पत्रकार संघ चितवनको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, नेपाल प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकाल, क्रियाशील पत्रकार महिला चितवनका अध्यक्ष प्रमिता ढकाल, नेपाल प्रेस युनियन चितवन शाखाका सचिव प्रस्ताव सुवेदीले विरोध कार्यक्रममा प्रतिनिधिमुलक ऐक्यवद्धता जनाए ।

सांकेतिक विरोध कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखा अध्यक्ष अमिर रामदामले रुकुम पश्चिम घटना सिंगो दलित समुदाय माथीको आक्रमण भएको बताए । राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाका उपाध्यक्ष गोपाल विश्वकर्माले यस घटनालाई अझ शसक्तरुपमा मिडियामार्फत कलम चलाउन सबैलाई आग्रह गरे ।

बाजुरामा पनि रूकुम घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई हदैसम्मको कारवाही गराउन विरोध र्यालीसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपालको पश्चिम रुकुमका नवराज बिकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेल बजारमा र्‍यालीसहित प्रदर्शनी गरिएको छ । शुक्रबार खोटाङ जिल्लाका दलित संघसंगठनले सयुक्त रुपमा नवराज बिकको हत्यामा संलग्न दोषीमाथी कडा कारबाहीको माग गर्दै दिक्तेल बजारमा र्‍याली प्रर्दशनी गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय समक्ष ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाइएको छ ।

प्रमुख जिल्ला अधिकारी शालिकग्राम पौडेललाई ज्ञापन पत्र प्रदान गदैँ खोटाङ दलित बिकास मञ्च नेपालका अध्यक्ष मिलन चाहारले वडाअध्यक्षको अगुवाईमा सिङ्गो गाउँका बासिन्दा मिलेर योजनाबद्ध ढंगले हत्या गरेकोमा गैरनिन्दा र भत्सना गर्दै यदी हत्याका संलग्न व्यक्तिलाई सरकारले कारवाही नगरे सडकमा अन्दोलन गर्ने चेतावनी दिए ।

कोणसभामा नेकपा युवा नेता दिपक ठटाल, दलित जनअधिकार मञ्च खोटाङका अध्यक्ष रामकुमार हिङमाङ, नेपाल राष्ट्रिय दलित मुक्ति संठगनकी केन्द्रिय सचिवालय सदस्य मनकुमारी रसाइली, राष्ट्रिय दलित समाज संघका जिल्ला उपाध्यक्ष पशुाम विश्वकर्मा, नेपाल दलित संघका फणिन्द्र विश्वकर्मा, दलित पत्रकार संघका उपाध्यक्ष विष्णु उपरकोटी, टेलर संघका विष्णु प्यासी लगायतले भने हत्या प्रकरणमा उच्च समिति बनाएर छानबिन गर्नुपर्ने माग गरे ।

धनकुटामा पनि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ । धनकुटामा प्रदर्शनको तयारी भए पनि स्थानीय प्रशासनले प्रदर्शन गर्न नदिएपछि दलित अगुवाहरुले जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका थिए ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित एकता समाज धनकुटाको संयोजनमा डिल्लीश्वर दर्नाल, रविन्द्र नेपाली, कोपिला शंकर, गोपाल विश्वकर्मा, सरिता बराइली, भोजबहादुर विश्वकर्मा, हिक्मत विश्वकर्मा, नैन विश्वकर्मा, रामजी विश्वकर्मा, लिलम विश्वकर्मा, शैकर ल्वागुन, अम्बिका परियार लगायतले प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीमार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाए ।

गत १० गते साँझ चौरजहारी नगरपालिका ८ सोतीमा अन्तरजातीय विवाह गर्ने क्रममा भएको घटनामा पाँच जना युवाहरुको ज्यान गएको छ भने एकजना अझै बेपत्ता छन् । घटनामा जाजरकोटका नवराज विक, टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विकको मृत्यू भएको थियो । गोविन्द शाही अझैं वेपत्ता छन् ।

घटनामा संलग्न चौरजहारी ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल सहितलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...