रुकुम घटनाका चौतर्फी विरोध, दोशीमाथि कारवाहीको माग

Rukum ktm pradarsan

काठमाडौं । जेठ १० गते शनिबार रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ को सोतीमा दलित समुदायका युवाहरुको ज्यानै जानेगरी भएको सांघातिक हमलाको चौतर्फी विरोध भइरहेको छ । सो घटनाको विभिन्न संघ संस्था र दलित जनवर्गीय संघ संगठनहरुले विरोध जनाएका छन् ।

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाका लागि राष्ट्रिय जनमोर्चाले गम्भीर क्षोभ प्रकट गरेको छ । त्यो दुःखद घटनाका लागि जिम्मेवारहरुको कडा शब्दमा भ्रत्र्सना गर्दै उक्त घटनाको उचित छानवीन गरी दोषीहरुलाई कारवाहीका दायरामा ल्याएर दण्डित गर्न राष्ट्रिय जनमोर्चाले माग पनि गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ती जारी गर्दै अन्तरजातीय विवाह गर्न पाउने स्वतन्त्रतालाई संविधान र कानुनले नै दिएको अवस्थामा आजको युगमा जातीय भेदभावका आधारमा विवाह वा प्रेम स्वतन्त्रताबाट बञ्चित गर्दै हत्या समेतका घटनाहरु घटाउनु संविधान, कानुन र मानव अधिकारका दृष्टिले समेत जघन्य अपराध भएको उल्लेख गरेका छन् ।

राष्ट्रिय जनमोर्चा निकट जातीय समता समाजले विज्ञप्तीमार्फत सो घटनाको कडा शब्दमा निन्दा गरेको छ । समता समाजका अध्यक्ष दिलबहादुर विश्वकर्माले विज्ञप्ती जारी गर्दै यदि कहिँकतैबाट यो घटनालाई कमजोर पार्न र अपराधीहरुलाई उन्मुक्ति दिलाउने प्रयास गरिए सम्पूर्ण दलितहरु सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

‘यो घटनालाई मत्थर पार्न पीडक पक्षले मेरो छोरीको सम्वन्ध नरहेको, जवरजस्ति लैजान हुल बाँधेर आएको, अहिलेको कोरोना महामारीको बेला बेजिल्लाबाट ठूलो संख्यामा आएकाले विवाद भएको, तर यसलाई बढि जातिकरण गरियो भनेका छन् । तर स्थलगत रिपोर्टहरुले त्यो कुराको पुष्टि गर्दैन’ विज्ञप्तीमा भनिएको छ, ‘अझ विडम्बनाको कुरा त उक्त घटनामा पीडकका नातेदार पर्ने वडा अध्यक्ष समेत संलग्न रहेको कुरा खुल्न आएको छ । एउटा जनप्रतिनिधिले अन्य कानुनी प्रक्रिया अपनाएर निष्पक्ष समाधानको बाटो अपनाउनुको सट्टा आफै आततायीहरुसितै सामेल भएर यस्तो जघन्य आपराधिक घटना घटाउनु अत्यन्त क्षोभको विषय हो ।’

अहिलेको सभ्य युगमा समेत यस्तो निर्मम, अमानवीय तथा पाशविक कार्यले नेपालको संविधानमा रहेको कानूनी राज्यको मान्यतालाई खिल्ली उडाएको सो विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘एक्काइसौं शताब्दीमा आएर पनि जातीयताको आधारमा कथित उच्च जातिहरुद्वारा दलितहरु माथि निर्ममतापूर्वक कुटपिट गरेर सामूहिक हत्या गरिनु अत्यन्तै निन्दनीय र घृणित कार्य हो’ विज्ञप्तीमा भनिएको छ, ‘हामीले उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीहरु उपर हदैसम्मको कारवाहीगरी पीडित पक्षलाई उचित न्याय दिलाउन जोडदार माग गर्दछौं ।’

त्यसैगरी अन्तरजातीय प्रेम गरेकै आधारमा ५ जनाको ज्यान जानेगरी गरिएको सांघातिक हमलाको एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजले निन्दा गरेको छ । समाजले सो घटनाका दोशीलाई हदैसम्म कारवाही गर्न माग पनि गरेको छ ।

‘२१ औं सताव्दीको उन्नत समाजमा दलित समुदायका युवाले अन्तरजातिय प्रेम विवाह गर्न खोज्दा ज्यानै गुमाउनु पर्ने घटना घट्नु अत्यन्तै निन्दनीय र दुखद रहेको छ । यस घटनाको दलित समुदायको समेत प्रतिनिधि रहने गरी उच्च स्तरीय संसदिय छानविन समिति गठन गरी घटनाको निष्पक्ष छानविन होस्’ समाजका अध्यक्ष गोपालप्रसाद विश्वकर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संविधान र विधमान कानुनबमोजिम घटनामा संलग्न दोशीलाई दलित समुदायहरुको अपमान र क्रुर हत्याको कसुरमा हदैसम्मको कार्वाही गरी पीडितलाई न्याय, क्षतिपुर्ति र समाजिक सुरक्षाको व्यवस्था होस् भनी नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’

त्यसैगरी अमेरिकामा क्रियाशील नासो कम्युनिटी अमेरिका पनि सो घटनाको कडा शब्दमा निन्दा गरेको छ । नासो कम्युनिटी अमेरिकाका अध्यक्ष गोपाल बिश्वकर्माद्धारा जारी विज्ञप्तीमा घटनाको घोर भर्त्सना गर्दै बर्बरतापूर्वक गरिएको उक्त घटनाका दोषीहरुलाई कडा भन्दा कडा कारबाहीको माग पनि गरेको छ ।

‘रुकुमको यस घटनाले दलितहरुको आत्मसम्मान र मनावधिकारको मात्र हनन् भएको छैन कि, दलितहरुको बाँच्न पाउने अधिकारको समेत हनन भएको छ’ विज्ञप्तीमा भनिएको छ, ‘घटनाले नेपालमा जातीय भेदभाब जस्तो अमानवीय प्रथा कायमै रहेको मात्र नभई जकडिएर रहेको प्रस्ट हुन्छ । यसले नेपालको संबिधान र कानुनमा भएको जातीय छुवाछूत बिरोधी व्यवस्थाहरुको उलंघन मात्र गरेको छैन कि लोकतान्त्रिक समाजको खिल्ली समेत उदाएको छ ।’

नासो कम्युनिटीले घटनाको निस्पक्ष छानबिन गर्न बिषेश प्रकारको संसदीय छानबिनको माग पनि गरेको छ । जातीय भेदभाब विरुद्धको अझ कडा र सार्थक आन्दोलन आबस्यक भएको हुँदा दलित तथा मनावअधिकारका लागि क्रियाशील सबै संघ–संगठनहरुलाई एकताबद्द भै निर्णायक आन्दोलनको लागि नासोले अपिल गरेको छ ।

जाजरकोट भेरी नगरपालिका वडा नं.४ का २१ को नवराज विक र पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा नं.८ सोती शुष्मा मल्लबीच लामो समयदेखि प्रेम सम्वन्ध थियो । तर जेठ १० गते शुष्माले आफ्लाई लिन आउ भन्दै घरमा बोलाउकी थिइन् । उनलाई लिन गएका नवराजसहितको टोलीलाई सिंगो गाउँ मिलेर सांघातिक हमला गरेको थियो । सो क्रममा नवराजसहित ५ जनाको मृत्यु भएको छ भने अझैं १ जना भेरी नदीमा हराइरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...