को हुन् बर्दीको आडमा २१ वर्षीय युवतीलाई बलात्कार गर्ने डिएसपी, जो पुर्पक्षका लागि जेल पुगे

Dsp rajkumar

काठमाडौं । प्रहरीको बर्दीको आडमा २१ वर्षीया यूवतीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका पूर्व डिएसपी राजकुमार खिउजुलाई जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जागिर खान प्रहरी रिपोर्ट बनाउन गएका बेला चापागाउँ प्रहरी कार्यालयमा प्रमुख रहेका खिउजुले बलात्कार गरेको भन्दै ती किशोरीले दिएको जाहेरीका आधारमा उनीविरूद्ध बलात्कारको मुद्दा लागेको थियो । प्राप्त प्रमाण हेर्दा खिउजुलाई थुनामा राख्नुपर्ने देखिएको भन्दै जिल्ला अदालतले खिउजुलाई थुनामा पठाएको ललितपुर जिल्ला अदालतका श्रेस्तेदार नागेन्द्र कालाखेतीले जानकारी दिए ।

गत माघमा जाहेरी परेको थियो भने फागुनमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । सरकारी वकिलले खिउजुविरूद्ध ७ देखि १० वर्षसम्मको कैद सजाय र पिडितलाई मनासिब क्षतिपूर्ति दिलाउन माग गरेको थियो ।

प्रहरी कार्यालय सेवामा रहेकाबेला बलात्कार गरेको भन्दै जिल्ला सरकारी वकिलले खिउजुलाई थप ४ वर्ष कैद र ४० हजार जरिवानासमेत माग गरेको छ ।

खिउजुले आफूलाई ६ महिनासम्म बेलाबेला धम्काउने, फकाउने र बलात्कार गर्ने गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी थिइन् ।

कसरी बलात्कारमा परेकी थिइन् युवती ?
थुप्रै चाहना, पढ्ने र कमाउने रहरले भर्खरै गाउँबाट ती युवती ललितपुरको एक गाउँबाट सहर आएकी थिइन् । परिवारबाट टाढा बसेर सहर आउन त आइन् तर काम पाइहालेकी थिइनन् । उनले कतैबाट महाराजगञ्जस्थित एक संस्थाले सेक्युरिटी गार्डको लागि मान्छे मागेको छ भन्ने कुरा सुनिन् । सोध्दै खोज्दै त्यहाँ पुग्दा ‘प्रहरी रिपोर्ट लिएर आउन’ भन्यो ।

२०७५ साल मंसिर ३० गते महानगरीय प्रहरी वृत्त, चापागाउँको प्रहरी कार्यालयमा रिपोर्ट बनाउन उनी पुगेकी थिइन् । त्यहाँ उनको भेट डिएसपी राजकुमार खिउजूसँग भयो । डिएसपी खिउजूले उनलाई चिया खाएर जान प्रस्ताव राखे । उनी एकछिन अलमलिइन् ।

एक प्रहरीले चिया लिएर आएपछि खिउजू पनि सँगसँगै आइपुगे । बर्दीमै रहेका डिएसपी खिउजूले ढोकाको चुकुल लगाए । उनलाई निकै डर लाग्यो । उनले किन ढोका लगाएको भन्न नपाउँदै खिउजू युवतीमाथि जाइलागे ।

‘म चिच्याउन सुरू के गरेकी थिएँ उसले मेरो मुख थुनिदियो । म चल्मलाउन सकिनँ उनले भनिन्, ‘चिया खान भनेको थियो तर प्रहरीको बर्दीमै उसले मलाई बलात्कार गर्‍यो ।’ बलात्कार गरेपछि खिउजूले आफूलाई धम्क्याएको युवतीले बताइन् । आफूले सबै कुराको भिडिओ खिचेको र कसैलाई भने सार्वजनिक गरिदिने धम्की दिए । त्यसपछि खिउजू आफैंले गाडीमा राखेर उनी बस्ने घरसम्म पुर्‍याए ।

‘मलाई बिरामी भएको भन्दै खिउजूले गाडीमा बस्न भन्यो । गाडी अर्कैले चलाएको थियो । ऊ मेरो छेउमा बसेर पनि मलाई धम्क्याइरहेको थियो’ उनले भनिन्, ‘उसैले म बस्ने ठाउँसम्म पुर्‍याइदियो । मलाइ निकै डर लाग्यो ।’ खिउजू त्यतिमै रोकिएनन् । त्यस दिनदेखि उनी बिहान बेलुकै ती युवतीको कोठामा पुग्न थाले ।

‘त्यसपछि पनि झण्डै छ महिनासम्म ऊ मेरै कोठामा आएर मलाई धम्क्याउँदै बलात्कार गर्‍यो’, उनले भनिन्, ‘यो कुरा मैले कसैलाई भन्नै सकिनँ न परिवारलाई न त साथी भाइलाई नै ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...