प्रकाण्डले दिए रुकुम घटनाका दोशीलाई संरक्षण गरिए जन कारवाही गर्ने चेतावनी

Prakand news rukum

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेठ १० गते रुकुम चौरजहारीमा भएको घटनामा संलग्नलाई गोगाउने प्रयास गरिए जनकारवाही गर्ने चेतावनी दिएको छ ।

सो घटनामा संलग्न अपराधीलाई कडा कारवाही गर्न आग्रह गर्दै यदि दोषीलाई उन्मुक्ति दिने प्रयास गरिए उक्त मुद्दा जनअदालतमा प्रवेश गराउने चेतावनी हो । नेकपाले सो कदममा आम जनताको साथ र सहयोग रहने विश्वास गरेका छ ।

मान्छेको ज्यान लिने र वेपत्ता पार्ने गरी घटाइएको घटनाका योजनाकार, संलग्न ब्यक्ति र घटनालाई तोडमोड गर्ने संरक्षकहरुको आततयी, जंगली सामन्ती फासिवादी, श्रमजीवी र दलित समुदाय विरोधी तत्वहरुको आफ्नो पार्टीले कडा निन्दा पनि गरेको छ ।

पाटीका प्रवक्ता ‘प्रकाण्ड’ ले बुधबार विज्ञप्ति जारी गर्दै अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर घटाइएको घटनाले वर्तमान राज्य ब्यवस्थाको मूल्य, मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाएको टिप्पणी गरेका छन् ।

प्रकाण्डले नेपाल र नेपाली जनताको शिर निउर्याउने र वेइज्जती गर्ने, जातीय भेदभाव गर्ने अपराधी र मानवताविरोधी तत्वहरुको यथासक्य पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न र मृतक तथा वेपत्ताका परिवारहरुलाई उचित राहतको ब्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा चौरजहारी घटना दलाल पुँजीपति वर्गको कथित संसदीय ब्यवस्थाभित्र लुकेको सामन्ती निरंकुशतावादी, उत्पीडित वर्ग समुदाय एवं जाति विरोधी चरित्र सामन्ती ब्राह्मणवादी संकृतिको सक्कली अनुहार नेपाली जनताको सामु उदांगीएको भन्दै सवै वर्ग, क्षेत्र र समुदायको लागि बैज्ञानिक समाजवादी राज्यव्यवस्था हुनुको विकल्प नरहेको कुरा उल्लेख छ ।

प्रतिकृया दिनुहोस