१३ औं गणतन्त्र दिवसमा ३ दिन दिपावली गरिने

Griha mantralay

काठमाडौं । १३औं गणतन्त्र दिवस तीन दिनसम्म दिपावली गरेर मनाइने भएको छ । त्यसका लागि गृह मन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ ।

मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार मन्त्रालयले सङ्घ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि सोहीअनुसार गर्न गराउन विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

 

प्रतिकृया दिनुहोस