भारतबाट जिल्ला फर्किने क्रम रोकिएन, आउने जतिलाई क्वारेन्टाइनमा राखिँदै

Argakhachi qwarentine

अर्घाखाँची । पछिल्लो सातामा भारत र छिमेकी जिल्लाबाट अर्घाखाँची आउनेको संख्या ह्वात्तै बढेको छ । एक सातामा जिल्लाबाट आउनेको संख्या २ हजार १ सय ३४ पुगेको छ ।

भारतका विभिन्न स्थानबाट कृष्णनगर र बेलहिया नाका हुँदै मंगलबार एकै दिन पाँच सय १२ जना जिल्ला भित्रिएका छन् । रोजगारीको सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिम भएसँगै धमाधम गृह जिल्ला फर्किन थालेका हुन् ।

पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका ३ सय १ जना, भूमिकास्थान नगरपालिकाका ५ सय ६४ जना, शितगंगा नगरपालिकाका ४ सय ६७ जना, पाणिनी गाउँपालिकाका १ सय ९६ जना, मालारानी गाउँपालिकाका ३ सय ९८ जना र छत्रदेव गाउँपालिकामा १ सय ८ जना गरी २ हजार १ सय ३४ जना जिल्ला भित्रिएका छन् ।

सहायक प्रमुख जिल्ला अघिकारी विक्रम थापाका अनुसार जिल्लाका ६ स्थानीय सरकारले बनाएको एक सय ३२ स्थलका क्वारेन्टाइनमा सबै २१ सय ३४ जनालाई राखिएको छ ।

प्रतिकृया दिनुहोस