मध्यान्हपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

Weather nepal

काठमाडौं । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

अहिले नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय प्रणालीको प्रभाव कायम रहेको छ भने स्थानीय वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पूर्वी भू–भाग तथा मध्य पहाडी भू–भागहरुमा सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी भू–भाग तथा मध्य पहाडी भू–भागका केही स्थानहरुका साथै पश्चिमी पहाडी भू–भागमा मध्यान्हपछि केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राती देशको पूर्वी र मध्य भू–भागहरुमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

पूर्वी तथा मध्य भू–भागका केही स्थानहरुका साथै पश्चिमी भू–भागका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...