ग्लोवल फोरमले ऋषीदेव बस्तीमा दियो खाद्यन्न सामाग्री

Itahari globle rahast

इटहरी । जातिभेद बिरुद्द विश्व मञ्च (ग्लोवल फोरम) ले सुनसरीको हरिनगरा गाउँपालिका वार्ड नंं. ३ को दलित बस्तीमा राहत वितरण गरेको छ ।

जेठ ५ र ६ गते हरिनगरा वार्ड नं. ३ गौतमपुरमा गोरेटो बाटोको किनारमा बसोबास गर्ने २५ घर ऋषिदेब र मुसहरका घर बाटो बढाउँदा डोजर लगाएर भत्काइएको थियो । डोजर लगाएर घर भत्काइका २५ घर परिवारलाई प्रदेश सांसद उमिता बराइली र साथी फाउण्डेसनकी अध्यक्ष शान्ति गजमेर, दलित मुक्ती मोर्चा प्रदेश १ का फ्याक्सन इन्क्जार्ज दिपेश ल्वागुन प्रताप र साथी फाउण्डेसनका खेम रनपहेलीले खाद्यन्न सामाग्री वितरण गरे ।

रोग र भोकको चपेटामा परेको मुसहर समुदायमा तत्काल राहत दिनुपर्ने भएपछि ग्लोवल फोरमको नेपाल शाखाका संयोजक मोहन विश्वकर्माको पहल र साथी फाउण्डेसनको संयोजनमा २५ घर परिवारलाई चामल, दाल, तेल, नुन लगायतका खाद्यन्न सामाग्री वितरण गरिएको हो ।

प्रतिकृया दिनुहोस