रुकुमको बर्बर घटना : दलित पत्रकारले सुरु गरे आमरण अनसन

Khagendra 13

रुकुम । पश्चिम रुकुममा भएको आततायी घटनाले सिंगो दलित समुदायमाथि अन्याय भएको भन्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालका कर्णाली प्रदेश अध्यक्ष खगेन्द्र सुनार आमरण अनसनमा बसेका छन् ।

शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक, गणेश बुढामगर र टिकाराम सुनारको मृत्यू भएको छ भने गोविन्द सुनार, सञ्जु विक र गोविन्द साही अझै बेपत्ता छन् ।

उनीहरुको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै संघका कर्णाली प्रदेश अध्यक्ष सुनार मंगलबार अपरान्हदेखि जिल्ला प्रशासन कार्यालय जाजरकोटको मुख्य गेट अगाडि आमरणमा बसेका हुन् ।

नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन् । युवतीको सरसल्लाहमै नवराज विक सहितको समूह उनलाई लिन सोती पुगेको थिए । तर गाउँले मिलेर उनको समुहलाई लखेटी लखेटी कुटपिट गरेका थिए ।

मृतकका आफन्तले सोमबार जिल्ला जिल्ला प्रहरी कार्यालय जाजरकोट अगाडी नाराबाजी गरे । सामाजिक दुरी कायम गरेर विश्वव्यापी कोरोना भाइसरको संक्रमणलाई नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको कुनै प्रबाह नगरी पिडित पक्षले जिप्रका अगाडी नाराबाजी गरेका थिए । सो नारावाजीमा पत्रकार सुनार नेतृत्व पंत्तिमा थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...