कोरोना खोपको आशाः नौवटा खोप परीक्षणको तेस्रो चरणमा

Oxford vaccine azguz5bkmi

काठमाडौँ । कोरोनाभाइरसका निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन । नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ ।

अनुसन्धान भइरहेका ती खोपले मानव समुदायलाई आशा भने जगाएको छ । डब्लूएचओका अनुसार पहिलो र दोस्रो चरण पार गरिसकेका र पार गर्दै गरेका दसवटा खोप निष्कर्षमा पुग्ने उच्च सम्भावना छ । चीनको ‘एडेर्नो भाइरस टाइप ५ भेक्टर’ र अमेरिकाको ‘एमआरएनए’ भ्याक्सिनको सबैभन्दा बढी प्रभावकारी परीक्षण देखिएको छ ।

यी बाहेक अन्य तीनवटा चीनले ‘इनएक्टिभेटेड’ तर्फको खोप अध्ययन कार्य दोस्रो चरणमा पु¥याएको छ । त्यस अन्तर्गतको एउटा खोप भने पहिलो चरणमा छ । त्यसपछि भारत र अक्सफोर्ड युनिभर्सिटीको सहकार्यमा ‘नन रिप्लेसिङ भाइरल भेक्टरका रूपमा एक खोप तयार भइरहेको छ ।

नोभा भ्याक्सका तर्फबाट प्रोटिन भ्याक्सिन र अन्य दुई आएएनए र डीएन आधार भएको भ्याक्सिन पनि कोरोना विरुद्धमा बनिरहेको छ । यी सबैले दोस्रो चरण पार गरेका छन् । यी बाहेक अन्य ११४ वटा खोप निर्माणको प्रारम्भिक चरणमा रहेको डब्लूएचओले शुक्रबार सार्वजनिक गरेको छ । कतिपय खोप विभिन्न प्राणीमा परीक्षण गरिएको छ भने कतिपय मानिसमा पनि परीक्षणका क्रममा छन् ।

छिटो बजारमा आउने सम्भावना रहेको अमेरिकामा विकास भइरहेको ‘एमआरएनए–१२७३’ नामक खोपको परीक्षण परिणाम उत्साहजनक छ । मोडेर्ना नामक औषधि कम्पनीले यसको निर्माण गरिरहेको छ । मोर्डनाका अनुसार तेस्रो चरणको परीक्षण जुलाई २०२० देखि सुरु हुनेछ ।

चीनमा निर्माणाधीन खोपले पनि मानव परीक्षणको पहिलो चरण पार गरेको छ । यसको परिणाम सुरक्षाजनक र तीव्र प्रतिरोध क्षमता निर्माण गर्ने खालको देखिएको बेलायतस्थित एक मेडिकल जर्नलले जनाएको छ । यो खोप १०८ जना स्वयंसेवीलाई तीन समूहमा विभाजन गरी फरक डोज दिई परीक्षण गरिएको थियो ।

परीक्षण चीनका एकेडेमी अफ मेडिकल साइन्सेसका बायोलोजी प्राध्यापक केन वेईको नेतृत्वमा भइरहेको छ । यो बाहेक अन्य दुई खोप साकोभ्याक र पिकोभ्याकसमेत मानवमा परीक्षणका लागि डब्लूएचओबाट अनुमति पाइसकेको छ ।

अमेरिकी औषधि कम्पनी फाइजर इङ्क र बायोटेक एसई, जर्मन इम्युनोथेरापी कम्पनीका साथै जापानमा पनि छवटा खोप विकासका क्रममा छन् । खोप ओस्का विश्वविद्यालय, टोकियो विश्वविद्यालय र नेसनल इन्स्टिच्युट अफ इपिडिमियोलोजीका साथै अन्य संस्था सक्रिय रहेको त्यहाँका स्वास्थ्य निकायले जनाएका छन् ।

जर्मन युनिभर्सिटी अफ मारबर्गको भिरोलजी संस्थानले पनि मानवमा परीक्षणको तयारी गरिरहेको छ । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गत फेबु्रअरीमा कोरोना भाइरस विरुद्धको खोप निर्माण थालेका थिए र परीक्षण जारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...