आर्थिक प्रलोभनमा पारी युवतीलाई सामुहिक बलात्कार

Maxresdefault

काठमाडौँ । युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । काभ्रे तेमाल गाउँ स्थायी घर भई हाल पुरानोठिमी बस्ने वर्ष २९ वर्षे कवाङ लामालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

मध्यपुरथिमि नगरपालिका–६ डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीले ८ जेठको साँझ अन्दाजी २० वर्षीय युवतीलाई ललाई फकाई र आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा लगी जबर्जस्तीकरणी गरेका थिए । उनले युवतीलाई घर जान नदिई लामासहित चारजनालाई कोठामा बोलाएर पालैपालो जबर्जस्ती करणी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए ।

बलात्कारमा संलग्न चारैजना फरार छन् । कवाङलाई पनि खोजतलास गर्दा पुरानोठिमीमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा लिएर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरी फरार अभियुक्तहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...