नायीका वर्षा राउतलाई कालापानी नेपालको हुँदा के पर्‍यो अफ्ठयारो ? (भिडियोसहित)

Barsa raut

काठमाडौं । सरकारले लिपुलेक, लिम्पियाधुरा र कलापानी समेटेर नयाँ नेपालको नक्सा सार्वजनिक गरिसकेको छ । यो लगत्तै देशविदेशमा रहेका नेपालीले यसको समर्थन गरिरहेका छन् । यही क्रममा नेपाली कलाकारहरुले पनि सरकारको कदमको उच्च प्रसंशा गरिरहेका छन् ।

तर, भारतीय अतिक्रमणबिरुद्ध देश नै एक भएका बेला नायिका बर्षा राउतले भने निक्कै लाजमर्दो अभिव्यक्ति दिएकी छिन । राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसँग नेपालले टक्कर लिदाँ आफुलाई अफ्ठ्यारो भएको बताएकी छिन् ।

एक भिडियो जारी गर्दै यस्तो प्रतिक्रया दिएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ । राउतले नेपाल भारतका पत्रकारले भूमीको विषयलाई लिएर पचारप्रशार गर्दा समस्या भएको बताएकी छिन् ।

उनले भूमिको समस्या दुइ देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन् । राउतले दुई देशका पत्रकारहरुले भूमीको विषयलाई लिएर गरिएको बहसले उनलाई समस्या भएको बताएकी छन् ।

उनले भनेकी छिन् ‘भुमिको विषयमा नेपालले मेरै भुमी भन्नेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नुपर्छ, दुई देशका पत्रकारहरुले यसलाई झगडा बनाउदा मैले मेरा भारतीय साथिहरुसंग कसरी फेस् गर्न र भारतीय मेरा साथीले मसंग कसरी फेस गर्ने के ?

उनले सीमाप्रति यस्तो अभिव्यक्ति दिएलगत्तै वर्षा राउतको कडा आलोचना भइरहेको छ । उनलाई सामाजिक सञ्जालहरुमा ‘लिपुलेक देऊ, बरु बर्षा राउत लैजाऊ’ ‘देश छोड्’ लगायत भन्न थालेका छन् । कतिपयले त जुत्ताको माला लगाउन पर्छ भन्न थालेका छन् । यसले उनका फिल्मी करियरमै धक्का लाग्ने देखिएको छ ।

यसअघि भारतमा आफ्नो सिङ्गो कलाकारिता जीवन बिताएकी मनिषा कोइरालाले नेपालको समर्थनमा बोलेकी थिइन । नेपालको समर्थनमा बोलेपछि भारतमा उनको चौतर्फी बिरोध भएको छ भारतीय मिडियाले उनलाई भारतको नुन खाएर चीनको समर्थन गर्ने भन्दै तुच्छ गाली पनि दिन भ्याएका छन् । तर नेपालीहरुले भने उनलाई साथ दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...