डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप, छानविन समिति गठन

Dillibazar karagar

काठमाडौं । डिल्लीबजार कारागारमा झडप भएको छ । आइतबार बिहान गोकुल गिरी र अन्य कैदीबीच झडप हुँदा समीर भन्ने शमशेर तामाङ घाइते भएका छन् ।

कारागार वरिपरि सिल गरिएको छ । कैदीबन्दीबीच झडप हुँदा कारगारभित्रका सबै सामान तोडफोड भएका छन् । अहिले स्थितिलाई नियन्त्रणमा लिन सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ ।

आइतबार बिहान चौकीदार गोकुल गिरी र अन्य बन्दीहरुबीच झडप हुँदा समीर भनिने शमशेर तामाङ घाइते भएका थिए । तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ । लकडाउनका कारण आफन्त भेट्न नआएपछि कारागारका बन्दीले क्यान्टिन र भित्रै सञ्चालित पसलबाट उधारोमा सामान मागेका थिए ।

चौकीदार गिरीले उधारो दिन नमानेपछि कैदीहरु असन्तुष्ट थिए । चौकीदार छनौट पनि आलोपालो गर्नुपर्ने माग उठेको थियो । तर गिरी डेढ वर्षदेखि चौकीदार छन् । गिरी वरिष्ठ न्युरो सर्जन स्वर्गीय उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरण अभियोगमा अदालतबाट दोषी ठहर भई कारागार चलान भएका थिए ।

२०६५ साउन १८ गते गिरीको समूहले मेघालाई अपहरण गरेको थियो । गिरीलाई चौकीदारबाट हटाउन माग गर्दै कैदीबन्दीहरु आन्दोलित भएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । त्यहीक्रममा झगडा भएको हो । गिरीमाथि आर्थिक अनियमितता आरोप लगाउँदै बन्दीहरु आन्दोलित भएका थिए ।

सामान्यतयाः एकरएक वर्षमा चौकीदार फेरबदल हुने व्यवस्था भए पनि गिरीलाई नै अहिलेसम्म निरन्तरता दिएपछि कैदीमा असन्तुष्टि बढेको छ ।

लकडाउनमा आफन्त भेट्न नआएको र पैसाको अभाव हुँदै गएपछि झडप भएको हुन सक्ने कारागारका प्रहरी निरीक्षक पुरुषोत्तम थपलियाले बताए ।

यता, कारागार व्यवस्थापन विभागले डिल्लीबजार कारागारको घटना छानबिन गर्न निर्देशक वेदनिधि अधिकारी र सूचना अधिकारी देवर्षी सापकोटा सम्मिलित दुई सदस्यीय छानबिन समिति गठन गरेको छ । महानिर्देशक प्रदीपराज कणेलले घटना छानबिन गर्न समिति गठन गरेका हुन् ।

समितिका दुवै अधिकारी अहिले कारागार कार्यालय डिल्लीबजार पुगेर स्थलगत अध्ययन गरिरहेका छन् । विभागका सूचना अधिकारीसमेत रहेका सापकोटाले अहिले कारागारमै आएर अनुसन्धान गरिरहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...